पुष्पलालको ३९ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

काठमाडौं, साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता पुष्पलाल १९८१ असार १५ गते रामेछापमा जन्मनुभएको थियो । उहाँ शहीद गङ्गालाल श्रेष्ठका भाइ हुनुहुन्छ । उहाँले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित भएपनि प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।

उहाँको २०३५ साल साउन ७ गते निर्वासनका बेला भारतमा निधन भएको थियो । पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठलगायतसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *