अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनल

काठमाडौं, असार १५ । फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ । नकआउट चरणको पहिलो खेलमा फ्रान्सले साविक उपविजेता अर्जेन्टिनालाई ४–३ गोलले हरायो ।

फ्रान्सको जितमा केलिन एमबाप्पेले दुई तथा एन्टोइन ग्रिजम्यान र बेन्जामिन पाभार्डले एक एक गोल गरे । अर्जेन्टिनाका सर्जियो एगुएरो, एन्जेल डी मारिया र गाब्रियल मार्काडोले एक एक गोल गरे ।

आजको खेलमा फ्रान्सका एम्बापे नायक सावित भए । उनी बाज्रिलका पेले पछि विश्वकप फुटवलमा कम उमेरमा दुई गोल गर्ने खेलाडीसमेत बनेका छन् ।

खेलमा सुरुवाती अग्रता लिएको फ्रान्स ५६ औं मिनेटसम्म २–१ गोलले पछाडि थियो । तर त्यसपछि १२ मिनेटको अन्तरमा तीन गोल थप्यो । पाभार्डले ५७ तथा एमबाप्पेले ६४ र ६८ औं मिनेटमा गोल गरे ।

यसअघि फ्रान्सका एन्टोइन ग्रिजम्यानले १४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । केलिन एमबाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । अर्जेन्टिनाले ४१ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

एन्जेल डि मारियाले पाभोनको पासमा डीबक्सबाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार गोल भएको थियो । ४८ औं मिनेटमा गाब्रियल मर्काडोले गोल गर्दै अर्जेन्टिनालाई २–१ गोलले अगाडि बढाएका थिए । लियोनल मेसीले डिबक्सभित्रबाट गरेको प्रहार मर्काडोको खुट्टामा लागेर गोल भएको थियो ।

एगुएरोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् । फ्रान्सका सामु जर्नेन्टिनाका डिफेन्डर कमजोर सावित भए । काउण्टर एट्याकिङमा उत्रिएको फ्रान्सले अर्जेन्टिनाका डिफेन्डरलाई दोस्रो हाफमा ध्वस्त बनायो ।

विश्वकपपछि सन्याश लिने बताईसकेका अर्जेन्टिनाका मेसी विश्वकप उपाधिबिहिन बनेका छन् । उनले सिनियर राष्ट्रिय टोलीका लागि उपाधि जित्न सकेनन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =