आगलागी हुँदा रु ३० लाखको क्षति

नवलपरासी, असार १६ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको विपीचोकस्थित रमेश हार्डवेयर पसलमा शनिबार दिउँसो आगलागी हुँदा करिब रु ३० लाखको धनमाल क्षति भएको छ ।

हार्डवेयर पसलमा आगलागी हुँदा पसलभित्र रहेका हार्डवेयरसँग सम्बन्धित सामग्री नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब रु ३० लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ । आगो स्थानीयबासी, कावासोती नगरपालिकाको दमकल र प्रहरीको सक्रियतामा एक घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *