आगलागी हुँदा रु ३० लाखको क्षति
२०७४ जेठ १५ गते

“
नवलपरासी, असार १६ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको विपीचोकस्थित रमेश हार्डवेयर पसलमा शनिबार दिउँसो आगलागी हुँदा करिब रु ३० लाखको धनमाल क्षति भएको छ ।
हार्डवेयर पसलमा आगलागी हुँदा पसलभित्र रहेका हार्डवेयरसँग सम्बन्धित सामग्री नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब रु ३० लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ । आगो स्थानीयबासी, कावासोती नगरपालिकाको दमकल र प्रहरीको सक्रियतामा एक घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








