प्रहरी हिरासतबाट डा. केसीलाई कवर्ड हलमा सारियो (फोटोफिचर)

काठमाडौँ, असार १६ । अनसन बस्ने भनि जुम्ला पुगेका डाक्टर गोविन्द केसीलाई निषेधित क्षेत्रमा अनसन बस्न नपाइने भन्दै प्रहरीबाट पक्राउ गरियो, डा केसी पक्राउ परिसकेपछि हिरासतमै रहेर पनि अनसन बस्न थाले ।

डाक्टर केसीलाई प्रहरी हिरासतबाट पनि जिल्ला खेलकुदको कवर्ड हलमा राखिएको छ । प्रहरी हिरासतमा अन्सन बस्न नपाईने भन्दै कवर्ड हलमा ल्याएर प्रहरीकै निगरानिमा उनलाई राखिएको छ ।

चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग राखेर जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न जाँदै गर्दा पक्राउ परेपछि डाक्टर केसीले शनिबार दिउँसो ३ बजे प्रहरी कार्यालयमा अनसन सुरू गरेका थिए।

कवर्ड हलको चारै तिर सिमेन्ट प्लाष्टर गरिएको अवस्था छ । त्यहाँ अन्यन्तै जाडो मौसम छ , स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना छ । डाक्टर केसीलाई हस्पिटलमा जान समेत रोक लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *