शेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौँ, असार १६ । धितोपत्र बजारमा यस साता कूल १८६ कम्पनीको रु एक अर्ब चार करोड १६ लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार ३६ लाख ७९ हजार ६०० कित्ता शेयर यस साता खरिद बिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा ७ दशमलव २५ प्रतिशत कम हो । गत साता १९० कम्पनीको ४९ लाख ६१ हजार ११० कित्ता शेयर रु एक अर्ब १२ करोड ३१ लाख एक हजार बराबरका खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१ द्यशमलव २७ अंकले घटेर अन्तिम दिन ११९८ दशमलव ५४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ९५ अंकले घटेर २५२ दशमलव ०९ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु चार करोड १५ लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ ।

सो बैंकको दुई लाख ३६ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *