ग्लेसियर प्रिन्स एण्ड प्रिन्सेस अवार्ड नविन र बन्दनालाई

काठमाडौँ, असार १६ । ‘ग्लेसियर प्रिन्स एण्ड प्रिन्सेस अवार्ड 2018’ नविन बराइली र बन्दना अछामीले पाएका छन् । ग्लेसियर इन्टरनेश्नल स्कुलले विद्यार्थीको ट्यालेन्ट शो गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरेको इभेन्ट म्यानेजर इश्वर श्रेष्ठले जानकारी दिए ।

जम्मा ८ जना छात्रा र १३ जना छात्र गरी २१ जना प्रतिस्प्रधिले उक्त कार्यक्रममा भाग लिएका थिए । त्यस्तै फस्र्ट रनरअप ज्युरिच श्रेष्ठ र आरती लिम्बु भए भने सेकेन्ड रनरअप सफल केसी र सम्पदा तिमिल्सिना भए ।

मिस्टर ट्यालेन्ट तर्फ राज प्रधान र सन्जिला लामा, फोटोग्राफिक तर्फ विवेक श्रेष्ठ र श्रेश्मा श्रेष्ठ, त्यस्तै मिस्टर/मिस पपुलर तर्फ मन्दिप कार्की र सुमिना पहारी विजेता बनेका छन् ।

प्रतिस्प्रधामा ग्लेसियर स्कुलका कक्षा ६ देखी कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रमको ग्राण्ड फिनाले यही १४ गते काठमाडौँको शान्तिनगरमा रहेको आनन्द ब्यांकेटमा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *