जुम्ला जिल्ला प्रशासन अगाडीवाट डा. गोविन्द केसी पक्राउ

असार १६ जुम्ला । डा.गोविन्द केसिलाई जिल्ला प्रशासन कार्यालय अगाडिबाट प्रहरीले पक्राउ पारेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षण अस्पताल अवलोकनका लागि जादै गर्दा टुडिखेलको माथिल्लो गेट नजिकै बाटोमै डा.केसिलाई प्रहरीले रोकेको थियो ।

शनिवार देखि अनसन वस्नका लागि जुम्ला पुगेका बरिष्ठ चिकित्सक प्रा.डा.गोविन्द केसिको अनसनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको थियो ।

अनसन सुरु नहुदै अस्पताल अवलोकनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जादै गर्दा बाटोमै प्रहरीले रोकेपछि उनि जिल्ला प्रशासन कार्यालय तर्फ गएका थिए ।

प्रशासन कार्यालय अघि उनका समर्थकहरुलाई निषेधित क्षेत्र तोडेको भन्दै लठि चार्ज गरेको थियो भने डा.केसिलाई प्रहरीले पक्राउ गरेको छ ।

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसि आनसनमा वस्न थालेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौ पछि पनि एमविविएस विद्यार्थी धर्ना शुरु हुन नसकेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको पनि अनसनको विषय छ ।

कर्णालीमा एमविविए डाक्टर पठाइको विषय उठाएकाले जुम्ली जनताले उनलाई सहयोग गरेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले वताए । प्रहरीको लाठिबाट देवेन्द्र शाही र राजबहादुर महत घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *