नागढुङ्गा नाकामा ३ किलो सुन सहित दुई प्रकाउ (अपडेटसहित)

“काठमाडौं, असार १६ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले शनिवार नागढुङ्गा नाकामा ३ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले काठमाडौं चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट ३ किलो सुन नियन्त्रणमा लिएको हो ।
सुनसँगै जिल्ला चम्पावत वडा नम्वर ३ वस्ने वर्ष १९ को दिपक कुमार मौर्य भारतिय नागरिक ,जिल्ला महेन्द्र नगर भिमदत्त नगरपालिका वडा नम्बर ६ वस्ने २३ को मनोज विक सहित २ जना पक्राउ परेका छन् ।
काठमाडौंबाट भारत तर्फ सुन लाने क्रममा नागढुङ्गा प्रहरी प्रभागको प्रमुख केशव राज भट्ट नेतृत्वको टोलीले ३ केजि सुन सहित उनिहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले वताए ।
उनीहरुले भारतीय मारूती सुजुकी अल्ट्रो युके 02-4684 नम्बरको गाडीको एयरफिल्टरमा लुकाईछिपाई लादै गर्दा ३ केजि सुन वरामद गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।
उक्त गाडी पटक पटक सुन तस्करीमा प्रयोग भई भारत निकासी भइसकेको हुन सक्ने प्रहरीको आशंका छ ।
संगठित अपराधका रुपमा सुन तस्करी भएको प्रहरीको भनाइ छ । वरामद सुन र सुन तस्करलाई नागढुङ्गावाट महानगरीय प्रहरी वृत्तमा थप अनुसन्धानको लागि पठाईएको छ ।
“








