मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

खुट्टाको दुर्गन्धबाट मुक्ती पाउन के गर्ने ? अपनाउनुहोस यी उपाय

एजेन्सी । गर्मीमा पसिना आउनु साधारण कुरा हो । फरक यति मात्र हो कि कोहीलाई कम आउँछ त कोहीलाई धेरै । पसिनाका कारण शरिरबाट दुर्गन्ध आउन थाल्छ त्यो पनि विशेषगरी खुट्टाबाट ।

दिनभरी अफिसमा जुत्ता लगाउँदा खुट्टामा पसिना आएपछि हुने चिसोका कारण जिवाणु पैदा हुन्छ जसका कारण दुर्गन्ध आउन थाल्छ । यसले कतिपटक अप्ठेरो स्थितीसमेत निम्त्याउँछ ।

आज हामी तपाईंलाई यस्ता घरेलु उपाय बताउँछौं जसको प्रयोग गरेर तपाईंको यो समस्याबाट तत्काल राहत पाउन सकिन्छ ।

चियापत्ती राखिएको पानीः

पानीमा चियापत्ती राखेर थोरै उमाल्नुहोस् । जब पानी हल्का तातो भएपछि त्यसमा खुट्टालाई आधा घण्टासम्म डुबाउनुहोस् । घर फर्किएपछि दैनिक यस्तो गर्नुहोस् ।

नुन भएको पानीः

नुन राखिएको पानीले पनि तपाईंको पसिनाको समस्याबाट राहत दिलाउन मद्दत गर्छ । यसले छालालाई सुख्खा बनाउँछ र पसिना आउनबाट रोक्छ ।

एउटा भाँडोमा तातो पानी राखेर त्यसमा नुन मिसाउनुहोस् । नियमित रुपमा नुन राखिएको मनतातो पानीमा २० देखि ३० मिनेटसम्म डुबाएर राख्नुहोस् ।

एप्पल साइडर भेनेगरः

मनतातो पानीमा एप्पल साइडर भेनेगर राखेर खुट्टालाई केही बेरसम्म त्यसमा राख्नुहोस् । त्यसपछि खुट्टालाई राम्रोसँग पुछ्नुहोस् र जुत्ता लगाउनुहोस् । हप्तामा दुईपटक यसो गर्नुहोस् ।

साबुनले धुनुहोस्ः

अफिसबाट फर्किएपछि दैनिक खुट्टालाई साबुनले मनतातो पानीले धुनुहोस् । यस्तो गर्दा दुर्गन्ध पैदा गर्ने जिवाणु नष्ट हुनेछ ।

प्रतिकृयाहरु
Loading...