डा. गोविन्द केसी दहि चिउरा खाएर अनसन बस्ने

काठमाडौँ, असार । डाक्टर गोविन्द केसी दहि चिउरा खाएर अनसन बस्ने भएका छन्। चिकित्सा क्षेत्रमा विकृति मौलाएको भन्दै यसका विरुद्ध सत्याग्रह गर्दै आएका केसी जुम्ला पुगेर असार १५ देखी अनसन बस्ने भएका हुन् ।

चिकित्सा शिक्षा अध्यादेश संसदबाट पास गaर्न माग गर्दै उनी १५ औं अनसन बस्न लागेका हुन्। डा. केसीले जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले वेवास्ता गरेकाले त्यहीँ गएर अनसन बस्न लागेको बताएका छन् ।

‘चिकित्सा शिक्षा अध्यादेशमा एउटा बाहेक कुनै पनि संसोधन नगरि संसदबाट पास गर्नुपर्ने माग राखेर म १५ औं अनसन बस्न लागेको छु।’ उनले भने, ‘असार १५ मा दहि चिउरा खाएर म अनसन बस्ने हो।’

आफूले चिकित्सा क्षेत्रको सुधारका लागि पटकपटक राखेका माग सम्बोधन हुने गरि बनाइएको विधेयक अध्यादेशका रुपमा अहिले लागु भएकाले यसलाई संसदबाट पास गरेर कानुन बनाउनुपर्ने उनले बताए। अध्यादेश जारी भएको ६० दिन भित्र संसदले पास नगरे स्वत खारेज हुने व्यवस्था छ। ६० दिन पुग्न १३ दिन बाँकी छ।

अध्यादेशमा आगामी १० वर्षसम्म काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेजलाई इजाजत नदिने उल्लेख छ। साथै काठमाडौं बाहिरका प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्ने माग पनि डाक्टर केसीले राखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *