‘एअरबस’ ३३० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अाइपुग्याे, अगस्ट १ गतेबाट उडान हुने

काठमाडौं-, असार १४ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एअरबस ३३० आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। बिहान ८:२० मा जहाज विमानस्थलमा अवतरण गरेको हो।

निगमले खरिद गरेको ‘अन्न्पूर्ण’ नाम राखिएको ‘ए ३३०–२००’ सिरिजको यो जहाज २८० सिट क्षमता रहेको छ। यो जहाजको व्यावसायिक उडान भने आगामी अगस्ट १ गतेबाट हुनेछ।

निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो विमान आज आएको हो। आउँदो महिना थप अर्को वाइडबडी जहाज पनि आइपुग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताउनुभयो।

निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ एयरबस विमान खरिद गर्ने सम्झौता गरेको थियो। नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना रहेको निगमले जनाएको छ।

जहाजको स्वागत गर्न मन्त्री अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार लगायतका अधिकारी विमानस्थल पुगेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =