यी साइटहरु हेर्नुहोस्, भर्चुअल दुनियामा रमाउनुस्

एजेन्सी ।  हिनहुँको भागदौड र ब्यस्तता विचपनि हामीलाई मनोरञ्जन चाहिन्छ । अझ दैनिक १२ घण्टा बढि कम्प्युटर र इनटरनेटमा काम गर्नेलाई मनोरञ्जन अपरिहार्य नै छ ।
सुख र हाँसो भन्दा पनि दुःख हुनुपर्ने कारणहरु बढी भएकाले मानिसको जिवनमा हाँसोको मात्र कम हुँदै गएको छ। लफ्टर थेरापीका रुपमा हाँसोलाई स्वास्थ्यसँग जोड्ने गरिए पनि अवसर भने निक्कै कम छन्। यहाँ यस्ता वेबसाइटका बारेमा उल्लेख गरिएको छ जसले तपाइँलाई हाँस्ने मौका दिन्छन्।
तपाइँ थोरै सेन्स अफ हृयुमर भएको व्यक्ति हुनुहुन्छ भने इन्टरनेट र त्यसमा उपलब्ध वेबसाइटहरु तपाइँका लागि हँसाउन तयार छन्। हाँसो, खुसी रहन कसलाई मन पर्दैन र।तर त्यसै हाँसो आउँदैन।तर जतिसुकै रिस उठेको भएपनि त्यसलाई हाँसोमा बदल्नका लागि केही यस्ता वेबसाइट छन् जसले तपाइँको अनुहारमा हाँसोका रंगहरु छरिदिन्छन्।

कलेजहृयुमरडटकम www.collegehumor.com यो वेबसाइट १८ देखी ४९ वर्षउमेरका मानिसका लागि विशेष डिजाइन गरिएको हो। यसको प्रमुख लक्षित वर्ग भनेको विद्यार्थी हुन्। होमपेज देखी नै यसमा व्यंग्य र मजाकको बाढी हुन्छ। जब तपाइँ युआरएल टाइप गरेर होमपेजमा पुग्नुहुन्छ त्यहाँ पहिलो मजाक हुन्छ तपाइँ माथि। पेज डज नट एक्जिस्ट को मेसेज पाउनुहुन्छ होमपेजमा नै। विभिन्न जनावरको सवारी गरेका मानिसहरुको तस्विरले निक्कै हँसाउने छ यो वेबसाइट ब्राउज गर्नेलाई। त्यसका साथै यसमा विभिन्न होटलका उल्टेपाल्टे बनाएर राखिएका नाम र सूचनाका तस्विरले मनोरञ्जन गराउँछन्।

एक्सकेसीडीडटकम xkcd.com वास्तवमा यो वेबसाइट कमिक्समा रुचि राख्नेहरुका लागि हो। यो वेबसाइट वास्तवमै कमिक्सको भण्डार हो, जसमा विभिन्न कार्टुन कथा, प्यारोडी, व्यंग्य रहेका छन् जसले भिजिटरलाई दोस्रो तेस्रो पटक पनि यही ठेगानामा इन्टर हान्न मन लाग्ने बनाउने छ। दिमागमा धेरै दबाब नपर्ने गरि अध्ययन गरेर केही समय विताउन चाहनेका लागि यो अनलाइनको उत्तम विकल्प हो।

माइ लाइफ इज एभरेज डट कम mylifeisaverage.com युआरएल ठेगानाबाटै थाहा हुन्छ यो वेबसाइट आम अर्थात् एभरेज मानिसका लागि हो। जहाँ आम मानिसका दैनिकीमा घट्ने घटनाहरुलाई उल्लेख गरिएको छ। जसमा बाथरुममा नुहाउँदै गर्दा पानी सकिएको वा इलेक्ट्रोनिक सेभरले दाह्री काट्दा आधा भएपछि बैट्री सकिएको जस्ता आम दैनिकीका कुरा जुन हँसाउन पर्याप्त हुन्छन् तीनलाई यो वेबसाइटमा राखिएको छ।

क्र्याक्डडटकम cracked.com सन् १९५८ देखी अमेरिकाको एकमात्र हाँस्यव्यंग्यात्मक वेबसाइटका रुपमा दाबी गर्ने यो वेबसाइटमा कमेडी भिडियो, व्यंग्यात्मक लेख, टिप्पणी तथा तस्विरहरु रहेका छन्। जसमा तपाइँ पनि हिस्सा लिन सक्नुहुन्छ। यसमा प्रयोगकर्ताले ठट्यौली, भिडियो, तस्विर तथा अन्य हाँस्यव्यंग्य सामग्री अपलोड गर्न सक्छन्। यहाँ विभिन्न वर्गमा हाँस्यव्यंग्य राखिएका छन्। जहाँ बदला लिनेका तरिका, सबै भन्दा मानिसहर बढी के सोच्छन्, पाँचजना जो नर्कमा मिल्छन् जस्ता क्याटागोरीमा भाग लिन सकिन्छ। यहाँ विभिन्न भिडियो शो पनि चलिरहेका हुन्छन्।

टेक्स्टस् फ्रमलास्टनाइटडटकम textsfromlastnight.com जसलाई एमएमएसमा रुचि छ त्यसका लागि यो वेबसाइट उत्तम गन्तव्य हो। यसमा वेब ठेगाना जस्तै एसएमएस नै एसएमएस छन्। यहाँ निक्कै रमाइला र हाँसो उठाउने एसएमएसको भण्डार नै छ भन्दा अत्युक्ति नहोला। यसमा विश्वभरका एसएमएस पाउन सकिन्छ। यी वेब साइड हेर्नुस र रमाउनुस ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *