आठ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

वाशिङटन डिसी ,असार १३ । अमेरिकामा मुस्लिम वाहुल्य भएका देशसहित ८ देशका नागरिकलाई प्रवेशमा रोक लागेको छ ।

त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षै सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउँदै आदेशात्मक कानून ल्याएका थिए ।

सो कानूनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि यो मुद्धा सर्वाेच्च अदालत पुगेको थियो । सो प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । रासस/एएफपी”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *