मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

दुई हजार बढीले मतदाता नामावली फोटो खिचाए

चितवन,साउन ७। निर्वाचन आयोगले मतदाता नामावलीका लागि समय दिएपछि जिल्लामा गत एक सातामा दुई हजार ४२७ जनाले फोटो खिचाएका छन् । जसमध्ये एक हजार ३१५ जना महिला रहेका छन् भने पुरुषको संख्या एक हजार ११२ रहेको छ ।

महिलाको उत्साहजनक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले बताए । जिल्ला निर्वाचन कार्यालय चितवनमा यसअघि फोटो खिच्न छुटेर मतदान गर्न नपाएका र उमेर पुगेकाले फोटो खिचाउने अवसर पाएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख ढकालले १६ वर्ष पुगेर नागरिकता लिएकाले फोटो खिचाएर मतदाता नामावलीमा नाम लेखाउन पाउने बताए । तर मतदान गर्न भने १८ वर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ । जिल्लामा हालसम्म तीन लाख १३ हजार तीनजना मतदाता रहेका छन् । जिल्लाका भरतपुरबाहेकका ६ वटा स्थानीय तहमा भने साउन १६ गतेबाट ३२ गतेसम्म फोटोसहितको नामावली दर्ता गराइने भएको छ । रासस

प्रतिकृयाहरु
Loading...