सम्पति शुद्धिकरणमा यसरी तानिए २४५ वटा यातायात व्यवसायी समिति र गाडी धनी
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार १३ । २४५ वटा यातायात व्यवसायी समिति र गाडी धनीलाई सरकारले सम्पति सुद्धिकरणको दायरामा ल्याएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठले जानकारी दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठले २४५ वटै यातायात व्यवसायी समितिको बैंक खाता रोक्का गरेर सम्पति शुद्धिकरण मार्फत् छानविन अघि बढाएको बताएका हुन् ।
सरकारले २०७४ चैत १८ गतेदेखि यातायात क्षेत्रको सिण्डीकेट अन्त्य गराएको थियो । त्यसको बिरोधमा उत्रेका २४५ वटा यातायात व्यवसायीको बैंक खाता रोक्का गरेर सम्पति सुद्धिकरण मार्फत छानविन अघि बढाईसकिएको मन्त्री महासेठले जानकारी गराएका हुन् । सिण्डीकेट अन्त्यपछि गर्नुपर्ने सुधारका बिषयमा सुझाव दिन गठित समितिले प्रारम्भिक प्रतिवेदन समेत बुझाईसकिएको उनले स्पष्ट पारे ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








