“गायिका मेनुका राईको सिंगल ट्रयाक “”नौ लाई सुन्ना नब्बे”” बजारमा (भिडियोसहित)”

धरान, असार १३ । पहाडी क्षेत्र खोटाङको बुईपा छुलेली भन्ने स्थानमा जन्मिएकी मेनुका राई हेर्दा मेहनतीली तथा शान्त स्वभावकी छिन् । राईको सानैदेखि गीत संगीतप्रति गज्जबको लगाव थियो रे ।

तत्कालिन समयमा रेडियो बाहेक गीत संगीत सुन्ने अन्य विकल्प नभकै बेला पनि उनी संगीत प्रति लगाव राख्ने स्वभावकी थिइन् ।

गाउँमा हुने विभिन्न पर्व र मेलामा सांगीतिक कार्यक्रमा राई उपस्थिति जनाउँथिन् र यस्तै प्रकारका मेहनत र परिश्रमबाट आज श्रोता दर्शकमाझ छाएकी मेनुका राईले आफना सिंगल ट्रयाकको रुपमा नौलाई सुन्ना नब्बे बोलको गीत बजारमा ल्याएसँगै निकै चर्चामा छिन् ।

पहिला पहिला बिभिन्न सांगीतिक कार्यक्रममा गाउनेहरुले पनि प्राय रेडियोकै गीत सुनेर गाउने चलन रहेको उनले पत्रकार संगको बार्तालापमा सुनाईन ।

उनले भनिन्, ‘मेरो बुबा आफै गायक होइनन् तर, म संगीत प्रेमी थिएँ । घरमा पानसोनिक रेडियो थियो । त्यहि रेडियो सुन्थेँ र रोडियोमा बज्ने संगीत सम्बन्धि कुनै पनि कार्यक्रम छुटाउँदिन थिएँ । रेडियो सुनेर कण्ठ पारेको गीत स्कुल र गाउघरमा हुने कार्यक्रममा समेत गाउने गर्थेँ ।’

राई जब काठमाडौँ पुगिन्, तब उनको संगीतको औपचारिक अध्ययन सुरु भयो । एसएलसी पछि काठमाडौँको आर.आर क्याम्पसमा भर्ना भएकी मेनुकाले ऐच्छिक विषय संगीत रोजिन् । जसले गर्दा सांगीतिक माहोलमा अध्ययनपछि अगाडी बढ्न थप सजिलो भयो उनलाई ।

कलेज पढ्ने क्रममा उनलाई संगीत सिकाउने गुरुहरुले सुझाव पनि दिए की, ‘गायनलाई नै पेशा बनाउने हो भने अतिरिक्त सिक्नै पर्छ ।’

सोही कुरालाई आत्मसात् गर्दै मेनुका राइले काठमाडौँमा संगीत गुरुहरुः दिपक जंगम, गुरुदेव कामत, प्रकाश गुरुङ लगायतसंग संगीत प्रशिक्षण समेत लिईन् ।

लामो संघर्ष पश्चात् अन्ततः २०५६ सालमा पहिलो पटक उनको माहुरी घुम्छ फुलको बोटैमा बोतको गीत रेडियो नेपालमा रेकर्ड भयो, जुन गीतमा बुलु मुकारुङको शब्द संगीत रहेको थियो र उक्त गीतले राम्रै चर्चा पनि पाएको थियो ।

उनै गायिका राईले हाल आएर नौ लाई सुन्ना नब्बे नामक सिंगल ट्रयाकको भिडियो बजारमा ल्याएकी छिन् । यस अघि थुप्रै स्टेज गित प्रस्तुत गरिसकेकी मेनुका राईको ‘नौ लाई सुन्ना नब्बे’ बोलको गीतमा शब्द संगीत डि आर अटुको  रहेको छ भने भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।

उक्त गीत भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने दिपक बिष्टले सम्पादन र गरेका हुन् दृष्य निर्माण सुर्य बिनायक फिल्मस प्रालिले गरेका हुन ।

सार्वजनिक भिडियोमा काजिश श्रेष्ठ र ज्योती मगरसँगै अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् । शब्द संगीत डि आर अटुको रहेको सो भिडियोमा रुपकुमार राई र मेनुका राईको स्वर रहेको छ भने गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको छ ।

https://youtu.be/lsI-Js40xTw”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =