संसदीय समिति गठनमा सहमति खोज्न प्रधानमन्त्रीले देउवालाई भेट्दै

काठमाडौं, असार १३ । संसदीय समिति गठनमा दलीय सहमति खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दै हुनुहुन्छ ।

संसदमा गठन हुने बिषयगत समितिको नेतृत्व लगायतका बिषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीच दुरी बढेपछि प्रधानमन्त्री ओलीले सभापति देउवासँग छलफल गर्न लाग्नुभएको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार दिउँसो हुने छलफल समितिको नेतृत्व तथा सदस्य संख्यामा रहेको बिवाद समाधानमा केन्द्रित रहनेछ ।

प्रतिनिधिसभाका १०, राष्ट्रिय सभाका ४ तथा २ संयुक्त समितिको गठन, नेतृत्व र सदस्यहरुको नाममा दलीय विवाद देखिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिमा आफ्नो स्थान सुनिश्चित नभएसम्म नाम नदिने तथा आफ्नो दलले नेतृत्व पाउने समिति यकिन हुनुपर्ने अडान राख्दै आएको छ ।

संसदमा आफ्नो २३ प्रतिशत प्रतिनिधित्व रहेको भन्दै कांग्रेसले सोही आधारमा संसदीय समितिको भागबण्डा हुनुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *