विश्वकप फुटबल: क्रोएसियाको सतप्रतिशत जित, आईसल्याण्ड २–१ ले पराजित

काठमाडौं, असार १३ । विश्वकप फुटबलमा क्रोएसियाले शतप्रतिशत निकाल्न सफल भएको छ । समुह चरणको अन्तिम खेलमा आईसल्याण्डलाई २–१ ले पराजित गर्दै क्रोएसियाले शतप्रतिशत जित निकालेको हो । खेलमा अग्रता क्रोएसियाले ५३ औ मिनेटमा बाडिलको गोलमार्फत लिएको थियो । दोस्रो हाफमा आईसल्याण्डका गिल्फ सिगरसनले पेनाल्टीमार्फत ७६ औ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको अन्तिम मिनेटमा इभान पेर्सिकले गोल गर्दै क्रोएसियालाई महत्वपुर्ण तीन अंक दिलाए ।

क्रोएसियाले समुह चरणको अन्तिम खेलमा ९ खेलाडी परिवर्तन गरेको थियो । एक खेल अगावै प्रतियोगिताको नकआउट चरण पुगेको क्रोएसियाले ९ अंक बटुलेको छ । आईसल्याण्ड एक अंक सहित समुहको पुछारमा रहदै विश्वकपबाट बिदा लिएको छ ।

अब के हुन्छ ?

समुह डीको विजेता क्रोएसियाले समुह सीको उपविजेता डेनमार्कसंग प्रतिस्पर्धा गर्ने भएको छ । समुह चरणमा अपराजित रहदै ९ अंक सहित नकआउट चरण प्रवेश गरेको क्रोएसियाले क्वार्टरफाईनल प्रवेशकालागि डेनमार्कसंग प्रतिस्पर्धा गर्ने तय भएको हो ।

अर्को खेलमा उपाधि दोबदार अर्जेन्टिनाले फ्रान्ससंग प्रतिस्पर्धा गर्ने भएको छ । समुह डीको उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको अर्जेन्टिनाले समुह सीको विजेता फ्रान्ससंग प्रतिस्पर्धा गर्ने तय भएको हो ।

अन्तिम खेलमा नाईजेरियालाई पराजित गर्दै अर्जेन्टिनाले प्रि क्वार्टरफाईनलमा स्थान पक्का गरेको हो । उसले समुह चरणमा एकमा जित, एक हार र एकमा बराबरीको नतिजा निकालेको थियो । फ्रान्स समुह सीबाट ७ अंक सहित विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =