मेसीको गोलमा नाइजेरियाविरुद्ध अर्जेन्टिनाको अग्रता

“काठमाडाैं । लियो मेसीको गोलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध पहिलाे हाफमा अग्रता लिएको छ । खेलको १४ औं मिनेटमा मेसीले गोल गरेका हुन् । यो खेल जित्नै पर्ने दवावमा अर्जेन्टिना छ । नाइजेरिया भने बराबरी गरे पनि नकआउट चरणमा पुुग्ने संभावना हुन्छ ।
क्रोयसिया अघिल्लो चरणमा पुगिसकेको छ । नाइजेरियालाई फराकिलो गोल अन्तरले हराउँदा र आफू पराजित भए मात्रै क्रोयसिया उपविजेता हुने संभावना हुन्छ । नभए उ समूूह विजेता बन्दै अघिल्लो चरणमा स्थान बनाउने निश्चित जस्तै छ ।
समूूहमा सबैभन्दा कठिन अवस्थामा अर्जेन्टिना रहेको छ । उसको जिते पनि अघिल्लो चरण निश्चित छैन । आइसल्याण्डसँग १ अंक बराबरी भएपनि गोलअन्तरमा पछाडी छ । नाइजेरियाको २ अंक बढि छ । क्रोयसियाले भने २ खेल जित्दै ६ अंक जोडेको छ ।
यो समूहबाट क्रोएसियाले अन्तिम १६ मा स्थान बनाइसकेको छ र आइसल्याण्डसँगको खेलमा बराबरी गरेमा उ समूह विजेता बन्नेछ ।
अर्जेन्टिनामाथि जित निकालेमा नाइजेरिया छनौट हुनेछ । यस्तै आइसल्याण्डले क्रोएसियालाई नहराएको अवस्थामा नाइजेरियाका लागि अर्जेन्टिनासँगको खेलमा बराबरी पनि काफी हुनेछ ।
अर्जेन्टिना र नाइजेरियाको खेल बराबरी भएको अवस्थामा आइसल्याण्डको सम्भावना रहन्छ । त्यसका लागि क्रोएसियालाई दुई गोल अन्तरले हराउनु पर्नेछ र नाइजेरियाले भन्दा एक गोल बढी गर्नु पर्नेछ ।
अर्जेन्टिनाको सम्भावनाका लागि नाइजेरियालाई हराउनु पर्नेछ । यस्तै आइसल्याण्डले क्रोएसियालाई हराउनु हुँदैन । आइसल्याण्डले क्रोएसियालाई हराएको अवस्थामा पनि अर्जेन्टिनाको सम्भावना रहन्छ ।
तर त्यसका लागि आइसल्याण्डले जितेको भन्दा दुई गोल बढीले अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्नेछ । यस्तोमा बराबरी भएमा फेयर प्लेका आधारमा निर्णय हुनेछ । अर्जेन्टिनाले तीन पहेँलो कार्ड पाएको छ भने आइसल्याण्डले एउटा पनि पाएको छैन ।
“








