अष्ट्रेलियालाई पेरुले राेक्दा बराबरीको नतिजाले फ्रान्स विजेता, डेनमार्क उपविजेता

“
काठमाडौँ । लगातार दुई खेलमा पराजित भएको पेरुले अन्तिम खेलमा जीत दर्ता गरेको छ । मंगलबार अष्ट्रेलियालाई २–० ले पराजित गर्दै सान्त्वना जीत हात पारेको हो ।
पहिलो खेलमा डेनमार्कसँग पराजित भएको पेरु दोश्रो खेलमा प्रान्ससँग हारेको थियो । लगातार दुई खेलमा पराजित भएपछि अघिल्लो चरणको संभावना सकिएको पेरुले अन्तिम खेल भने आफ्नो पक्षमा पार्यो ।
जीतेको भए अघिल्लो चरणमा जाने संभावना भएको अष्ट्रेलियालाई पेरुसँगको भिडन्त महंगो प¥यो । खेलको १८ औं मिनेटमै आन्द्रे कारिलोले पेरुलाई अग्रता दिलाए । यस्तै ५० औं मिनेटमा पावलो गुरेरोले गोले गर्दै अग्रता दोब्बर पारे ।
यो हारसँगै अष्टे«लियाको विश्वकप सपना मात्रै टुटेन समूहको अन्तिम स्थानमा समेत रहन पुग्यो । तीन खेलमा उसले जम्मा १ अंक जोड्यो । अन्तिम खेलमा जीत दर्ता गरेको पेरुले ३ अंक जोड्यो । यो समूहबाट बराबरी खेल्दै फ्रान्स विजेता र डेनमार्क उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।
समूह सी बाट फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा गोल हुन नसकेपछि दुवै टोली अघिल्लो चरणमा प्रवेश गरेका हुन् । समूहको अर्को खेलमा अष्टेलियालाई पैरुले पराजित गरेपछि डेनमार्कको अघिल्लो यात्रा सहज बनेको हो । फ्रान्स यसअघिनै अघिल्लो चरणमा पुगिसकेको थियो ।
फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई २–१ गोलले तथा दोस्रो खेलमा पेरुलाई १–० गोलले हराएको थियो। पहिलो खेलमा पेरुलाई १–० गोलले हराएको डेनमार्क दोस्रो खेलमा अस्ट्रेलियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
आजको खेलमा डेनमार्कले बराबरीको नतिजा ल्याउँदा अर्को खेलको जीत हारले उसलाई असर गर्दैनथ्यो । तर फ्रान्ससँग डेनमार्क हारेको र अष्ट्रेलियाले जितेको भए डेनमार्कको बाहिरिने संभावना थियो । तर अन्तिम खेलको नतिजा उसले चाहेकै जस्तो आयो ।
अब फ्रान्सले समूह डीको उपविजेता र डेनमार्कले विजेतासँग खेल्ने छन् । समूह डीका खेल मंगलबार राति पौने १२ बजे हुँदैछन् ।
“








