क्षेत्रिय रक्तसञ्चार केन्द्र नेपालगञ्जमा ११ हजार २ सय ५७ युनिट रगत संकलन

बाँके, साउन ७ ।  आर्थिक बर्ष २०७३र०७४ मा क्षेत्रिय रक्तसञ्चार केन्द्र नेपालगञ्जले ११ हजार २ सय ५७ युनिट संकलन गरेकाे छ । यस्तै १२ हजार ६ सय ३६ युनिट रगत वितरण गरेको छ । रक्तसञ्चारको मुख्य स्रोत भनेको स्वयमसेवक रक्तदाताबाट संङलन हुन्छ ।
जुन ८३। ६० प्रशित रहेको छ । त्यस्तै रगत चाहिनेमा सवैभन्दा बढी महिला रहेका छन् । यस आर्थिक बर्षमा मात्र ८ हजार २ सय २४ जना महिलालाइ रगत दिइएको छ भने पुरुष ४ हजार ४ सय २२ जनालाई दिएको छ । त्यस्तै रक्तदान गर्नेमा भने पुरुषहरुको संङ्ख्या रहेको छ । १० हजार १ सय २५ रहेको छ भने महिला १ हजार १ सय ३२ जना मात्र रहेका छन् । विभिन्न संघ सस्था तथा रक्तदाताहरुले रक्तदान गर्दे आएपनि रगतको अभावका कारण बिरामिहरुलाई उपचारमा समस्या पर्ने गरेको छ ।
रगत अभाव हुदा परेको समस्या सुनाउदै ,बर्दिया मधुवन नगरपालिका तारातालबाट भेरी अञ्चल अस्पतालमा छोरीको उपचारका लागि आउनुभएका राधा तामांग । नेपालगञ्ज स्थित रक्त सञ्चार केन्द्र पनि रगत नपाएपछि गााउका आफन्तहरुलाइ हार गुहार गरीरहेको बताउनुहुन्छ । बिरामिलाई रगतको आवश्यकता पर्दा आफन्त तथा चिनजानेका ब्यक्तिहरु खोज्नुपर्ने बाध्यता रहेको अवस्था छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १७ का मोहम्मद हनिफाले पनि रगत रगत पाउन असहज भएको अनुभव सुनाउनुभयो ।
रत्तदान नै रगतलाई पूर्ती गर्ने प्रमुख स्रोत भएकोले रक्तदान कम मात्रामा हुदा अहिले समस्या परेको हो । बर्दियाकी सुदेशनी थारु रगत पाउन धेरै गाह्रो छ भन्नुहुन्छ ।
मध्य तथा शुदुपश्चिमका हस्पिटलहरुमा रगतको अत्याधि माग छ । तर नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मी भन्नुहुन्छ, रगत नै नपाइनुभन्दा पनि कुनै एक गुप्र वा नेगेटिभ गुग्रपका रगतहरु नपाइने हो ।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्तसञ्चार केन्द्र नेपालगञ्जमा दैनिक ३० देखी ४० जना व्यक्ति रगत लिन आउने गरेका छन् । तर अहिले प्रयाप्त मात्रामा रगत संचार केन्द्रले उपलब्ध गराउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *