ओलाङचुङगोलामा आयो चीनबाट मोटर

ताप्लेजुङ, साउन ७ – चीनको सिमाना टिप्ताला भञ्ज्याङ हुँदै ल्याइएको ताप्लेजुङको विकट भेग ओलाङचुङगोलासम्म जोडिएको खबर आजको कान्तिपुरको प्रथम पृष्ठमा छ ।

ओलाङचुङगोला सिमा प्रहरी चौकी छेउसम्म  ट्रयाक खुलेपछि शुक्रबार चीनबाट दुईवटा स्काभेटर, एउटा लोडर र तेल बोक्ने ट्यांकर आइपुगेका छन् ।

सात महिनामै सम्पन्न
निर्माण थालेको सात महिनामै चिनियाँ नेपाली पहाड छिचोलेर ओलाङचुङगोलाको वस्तीसम्मको२१ किमि सडक बनाइदिएका हुन् ।

खर्च कति ? 
३ करोड हाराहारी खर्च भएको सडकका लागि २ करोड ५० लाख रुपैयाँ वालुङ समाजले जुटाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *