सीमा लगाएपछि बैंकहरुले घटाए ब्याजदर

“
काठमाडौँ, असार ८ । ब्याजदरमा सीमा लगाएपछि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बचतमा ७ प्रतिशत र मुद्दति निक्षेपमा ११ प्रतिशत भन्दामाथि नजाने गरी बिहिबार सहमति भएपछि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
निक्षेपको ब्याजदर प्रकाशित गर्नेमा एनसीसी बैंक रहेको छ । यसले असार ८ गतेबाटै लागु हुने गरी बचतमा ७ प्रतिशतसम्म र मुद्दति निक्षेपमा साढे १० प्रतिशत ब्याजदर कायम गरेको जनाएको छ ।
नेपाल बंगलादेश बैंकले बचतमा ७ प्रतिशत र मुद्दति निक्षेपमा १० प्रतिशतको ब्याजदर सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैंकले साढे १० प्रतिशत सम्म मुद्दति निक्षेपको ब्याजदर कायम गरेको छ भने प्राइम बैंकले बचतमा ७ र मुद्दति निक्षेपमा साढे १० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
यस्तै सिद्धार्थ बैंकले बचतमा ७ र मुद्दति निक्षेपमा ११ प्रतिशत तोकेको छ । माछापुछ्रेको बचतमा ६ प्रतिशत र मुद्दति निक्षेपमा ११ प्रतिशत रहेको छ ।
नेपाल एसबिआई बैंक, सेञ्चुरी बैंक र प्रभु बैंकको मुद्दतिमा साढे १० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
“








