Land of the opportunity मा किन र के का लागि जाने ?

“
विद्यालय तह पुरा गरिसकेपछि विदेश गएर उच्च शिक्षा हासिल गर्ने धेरै विद्यार्थीको सोच हुन्छ । खासगरी निजी विद्यालयबाट A र B ग्रेड ल्याएर उत्तिर्ण भएका घरको आर्थिक अवस्था मध्यम तथा उच्च भएका विद्यार्थीहरु ब्याचलर, मास्टर्स गर्नका लागि विदेश जान चाहन्छन् ।
विदेश गएर उच्च शिक्षा हासिल गर्न चाहने करिब ७० प्रतिशत विद्यार्थीले विश्वका अति विकसित देशलाई रोज्ने गरेका छन् । अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, जापान जस्ता विकसित देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दो छ ।
Land of the opportunity
अध्ययनसँगै र अध्ययनपछि क्यानडामा धेरै अवसरहरु पाइने हुने हुनाले क्यानडालाई Land of the opportunity पनि भन्ने गरीन्छ । अहिले नेपाली विद्यार्थीको पहिलो रोजाईमा क्यानडा नै पर्छ ।
विश्वकै दोस्रो ठूलो देशले वार्षिक १ लाख ३० हजार विदेशी विद्यार्थी भित्र्याउँछ । फ्रेन्च र अंग्रेजी यहाँको सरकारी भाषा हो, भाषा दक्षता अपरिहार्य छ । क्यानडामा दुई तीन शताब्दी इतिहास बोकेका विश्वविद्यालय र शैक्षिक संस्था छन् । यहाँ सरकारी नियन्त्रित १ सय ४ विश्वविद्यालय छन् । भने, निजी तहबाट सहितको संख्या ४५९ रहेको छ । क्यानडामा अध्ययन गर्दा गर्दै राम्रा रोजगारीका अवसर प्राप्त गर्न सकिन्छ भने, अध्ययन पश्चात प्राप्त हुने उच्चस्तरीय रोजगारीले विद्यार्थीलाई करियर निर्माणमा ठूलो टेवा दिएको छ ।
छात्रबृत्तिको अवसर
क्यानडाका अधिकांश विश्वविद्यालय र कलेजले विदेशी विद्यार्थीलाई उनीहरुको योग्यता अनुसार छात्रबृत्ति प्रदान गर्ने गरेका छन् । अधिकतम छात्रवृत्ति प्रदान गर्ने पहिलो देशमा अमेरिका र दोस्रोमा क्यानडा पर्छ । अमेरिकामा भिसामा कडाई गरिएपछि अमेरिका जाने सोच बनाएका विद्यार्थीहरु पनि क्यानडा तर्फ आकर्षित भएका छन् । विशेषगरी नेपाली विद्यार्थी स्नातकोत्तर, एमफील र पीएचडी गर्न क्यानडा जाने गरेका छन् ।
अन्य देशको तुलनामा क्यानडाले जेहेन्दार विद्यार्थीलाई स्कलरसिप दिन्छ । त्यहाँको पढाइ पनि अत्यन्तै राम्रो छ । राइट पाथबाट गत वर्ष मात्रै न्युनतम ५० देखि १०० प्रतिशत छात्रबृत्ति पाएर विद्यार्थीहरु क्यानडा गएका छन् ।
पिआरको सुविधा
तपाईसँग सिप छ, ज्ञान छ र मेहनत गर्ने क्षमता छभने, क्यानडामा पिआर (PERMANENT RESIDENCY) पाउन कुनै झन्झट छैन । सबैभन्दा छिटो पिआर कार्ड प्राप्त हुने देश अन्तर्गत पर्छ क्यानडा । त्यसैले गर्दा पनि अहिले ABROAD STUDY का लागि क्यानडा उत्कृष्ट गन्तव्य बनेको हो ।
क्यानडामै सेटल भइसकेपछि अवसर नै अवसरहरु छन् । आफूले पढेको विषयमा राम्रो तलबमा काम पाइन्छ । क्यानडाको दोस्रो आकर्षण भनेको घर, मेडिकल र बेरोजगार भत्ता पनि हो । यस्ता कुराहरुमा क्यानडालाई अहिलेसम्म कुनै राष्ट्रले जित्न सकेको छैन ।
रोजगारीको अवसर, बेराेजगारलार्इ भत्ता
विद्यार्थीका लागि क्यानडा अवसरको खानी हो । त्यहाँ गइसकेपछि विद्यार्थीले सहजै काम पाउँछन् । क्यानडामा हप्ताको २० घण्टा काम गर्ने नियम भएपनि विद्यार्थीले बिदाको समयमा फुल टाइम काम गर्न सक्छन् । वर्षमा लगभग ३ देखि ४ महिना बिदा हुन्छ । बिदाको समयमा फुल टाइम काम गर्न पाइने हुनाले बिदाको सदुपयोग गर्दै कमाउन सकिन्छ ।
क्यानडामा नेपालीले पढ्दा पढ्दै, डिपार्टमेन्ट स्टोर, रेष्टुरेन्ट, क्याफे, ब्यूटिपार्लर, सपिङमल जस्ता क्षेत्रमा काम पाउँछन् । यसका लागि विद्यार्थीले नेपालमै रहँदा सामान्यतयः सिप सिकेर आफुलाई दक्ष बनाउन पनि आवश्यक छ ।
विद्यार्थीहरु व्याचलर डिग्रीमा गएका छन् र पढिसकेपछि उसको मापदण्ड पुग्यो भने पीआरमा सिधै अप्लाई गर्न पाउँछन् । त्यस्तै मास्टर डिग्रीका लागि जानेले दुई वर्षपछि पीआर अप्लाई गर्न पाउँछन् । जब उनीहरुले पीआर प्राप्त गर्दछन्, क्यानडाका नागरिकले पाउने हरेक सुविधाहरु प्राप्त गर्दछन् । यस अन्तर्गत ABROAD STUDY मा गएका विद्यार्थीले समेत बेरोजगार भएको अवस्थामा बेरोजगार भत्ता पाउन सक्छन् ।
| List of Canada university University of Waterloo Queen’s University – ESL University of Regina Wilfred Laurier University University of Prince Edward Island University of Northern British Columbia Mount Allison University Thompson Rivers University Mount Saint Vincent University Cape Breton University Trinity Western University Humber College Langara College George Brown College Kwantlen Polytechnic University Seneca College Bishop’s University University of Fraser Valley Niagara College Conestoga College Durham College King’s University College College of the Rockies Capuano University Algoma University Sault College St. Lawrence College Selkirk College Assiniboine Community College Northwest Community College Toronto Institute of Pharmaceutical Western Town College Camber College Brescia University College Alexander College Quantum Learning Academy Columbia College Pacific Link College Confederation College Canadian College Manitoba Institute of Trades and Technology Brighton College Canadian College of English Language SEC – Study English in Canada GEOS Languages Plus Global Village English Centres (Toronto) FDU University Vancouver Campus King George International College Study Abroad Canada Language Institute Cornerstone Academic College Alpha International Academy International Language Academy of Canada ETC |
अष्ट्रेलिया राम्रो की क्यानडा ?
यो कुरा रसवरी मिठो की लालमोहन भने जस्तै हो । दुवैको स्वाद उस्तै हुन्छ । उच्च शिक्षाको हिसाबले दुवै देश उत्तिकै राम्रा र उत्कृष्ट छन् । फरक हेर्ने हो भने, क्यानडाले अपनाएको शैक्षिक प्रणाली र सिस्टम अष्ट्रेलियाका तुलनामा उच्चस्तरको छ ।
गतवर्ष मात्रै क्यानडा सरकारले क्यानडाको विश्वविद्यालयहरुलाई Highly reputed organization अन्तर्गत राखेको छ । त्यो अन्तर्गत राख्नु भनेको त्यहाँको शिक्षा प्रणालीलाई पुरा गर्नु हो । त्यसैले अष्ट्रेलियाको भन्दा क्यानडाको पढाइ राम्रो छ ।
वातावरण
क्यानडाको मौसम सरदर २९ डिग्रीदेखि माइनस ३ डिग्रीसम्म रहेको छ । यो मौसम भनेको जाडो याममा मुस्ताङ र गर्मीमा काठमाडौंकै तापक्रम बराबर हो । विद्यार्थीले आफ्नो अनुकूलका वातावरण भएका प्रान्तमा रहेका विश्वविद्यालय र कलेज छान्न सक्छन् । हामीसँग क्यानडाको हरेक प्रान्तमा विश्वविद्यालय र कलेजहरु छन् ।
कस्ता विषय अध्ययन गर्ने ?
माथि नै भनि सकियो क्यानडा Land of the opportunity भएको देश हो । क्यानडामा जुनसुकै विषय अध्ययन गर्दापनि अवसर नपाउने अवस्था आउँदैन । तथापि, हामी नेपालीले नेपाललाई विकास गर्नका निम्ति आवश्यक पर्ने विषय रोज्न सक्छौं ।
यसका लागि आजको आवश्यक्ता भनेको आइटी हो । क्यानडामा इन्फरमेशन टेक्नोलोजी र इन्जिनियरिङ पढ्ने हो भने क्यानडा र नेपाल दुवै ठाउँमा अवसर नै अवसर छन् । नर्सिङमा पनि त्यत्तिकै संभावना र अवसर छ ।
अर्को भनेको हाम्रो देश कृषि प्रधान देश हो । नेपालको ६० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छ । यदि विद्यार्थीले क्यानडामा कृषि विषय पढ्ने हो भने पनि एकदमै राम्रो छ । कृषि पढेका विद्यार्थीहरुका लागि त्यहाँ र यहाँ उत्तिकै सम्भावना छ । क्यानडाको पनि ४० प्रतिशत आम्दानीको स्रोत कृषि हो ।
त्यस्तै मेडिकल शिक्षा पनि क्यानडाका अर्को राम्रो पक्ष हो । मेडिकल सेक्टरमा क्यानडामा अत्याधिक माग भनेको पब्लिक हेल्थको रहेको छ । उक्त विषय पढ्ने विद्यार्थीले नेपालमै आएर पनि केही गर्न सक्छन् । त्यो बाहेक क्यानडामा अत्यन्तै राम्रा विषयहरुः बिजनेस, मास्टर एडमिस्ट्रेसन, साइन्स, मेनेजमेण्ट, पोलिटेक्निकल, हेल्य, मेसिडिन, पारामेडिक्स जस्ता विषयमा अत्यन्त स्कोप रहेको छ ।
यस्तो छ प्रक्रिया
क्यानडाको भिसा प्रक्रिया त्यति झन्झटिलो छैन, लगभग अष्ट्रेलियाकै हाराहारीमा छ । स्नातक पढ्न चाहनेले अंग्रेजी IELTS मा कम्तीमा ६ अंक हासिल गरेको हुनुपर्छ । डिप्लोमा अध्ययनका निम्ति ५ दशमलब ५ अंकसम्म केही कलेजले भर्ना लिन्छन् । नेपालमा क्यानडाको दूतावास नरहेकाले नयाँदिल्लीस्थित क्यानेडियन हाई कमिसनबाट भिसा प्रक्रिया पूरा गरिन्छ ।
शैक्षिक सत्र जनवरी फेब्ब्रुअरी र अगस्ट र सेप्टेम्बरमा लिने गरिन्छ । कलेजहरूले डिप्लोमाका निम्ति अन्य समय पनि भर्ना लिने गर्छन् । कुनै विद्यार्थीको ३ वर्षको ग्याप छ र, हामीले ३ वर्ष कामको अनुभव प्रमाणित गर्नेहो भने त्यस्ता विद्यार्थीलाई सहजै भिजा दिएको उदाहरण छ ।
त्यो भन्दा बाहेक आवश्यक डकुमेन्ट भनेको फाइनान्सियल हो । फाइनान्सियल डकुमेन्ट अन्तर्गत अन्तिम ९० दिन देखिको बैँक ब्यालेन्स राख्नुपर्ने हुन्छ। अथवा शैक्षिक कर्जा पनि देखाउन सकिन्छ । सामान्यतया ३५ देखि ४० लाखकाे बैंक ब्यालेन्स देखाउनु पर्ने हुन्छ । साथै अन्य कागजात जस्तै, Property valuation, Income source, Tax clearance, का अन्य कागजातहरू नगरपालिका अथवा गाउँपालिका बाट बनाउनुपर्छ । त्यस्तै विद्यार्थीका अभिभावकको आम्दानीको स्रोत पनि खुलाउनुपर्ने हुन्छ ।
लागत
क्यानडाको लागत यति नै हुन्छ भन्ने यकिन हुँदैन । यदि कलेजमा जाने हो भने शुल्क केहि सस्तो छ । विश्वविद्यालय तहमा जाने हो भने, केहि महंगो पर्न जान्छ । कलेजमा विद्यार्थीहरुले लगभग एक वर्षको कलेज शुल्क ९ देखि १० लाख सम्ममा जान सक्छन् ।
विश्वविद्यालयमा जाने हो भने १४–१५ लाख तिरेर जान सकिन्छ । यदि जेहेन्दार विद्यार्थी छ र राम्रो प्रतिशत ल्याएको छ भने उसले छात्रवृत्ति प्राप्त गर्दछ । १४–१५ लाख पर्ने लागत छात्रवृत्ति पश्चात् १–२ लाख पर्न आउँछ । त्यसैले क्यानडाको लागत विद्यार्थीको पढाइमा भर पर्छ ।
नेपाली विद्यार्थीलाई आइपर्ने समस्या
चुनौति जुनसुकै देश र क्षेत्रमा नभएका हैनन् । क्यानडामा पनि चुनौति छन्, तर समस्या छैनन् । नेपाली विद्यार्थीहरुलाई क्यानडामा रोजगारीका सवालमा होस् वा अध्ययनका सवालमा आइपर्ने समस्या न्यून छन् । तथापि, नेपाली विद्यार्थीले विश्वका उत्कृष्ट विद्यार्थीहरुसँग अध्ययन गर्नुपर्ने भएकोले ती विद्यार्थीसँग प्रतिष्पर्धा गर्नुपर्ने चुनौती भने छ । विगतमा गएका विद्यार्थीहरुको पास रेट हेर्दा नेपाली विद्यार्थीहरु यो चूनौति र प्रतिष्पर्धामा खरो उत्रिएको पाएका छौं ।
राइटपाथको नयाँ प्याकेज
राइटपाथ करियर काउन्सेलिङले विद्यार्थीको सहजताका लागि नयाँ प्याकेज ल्याएको छ । अहिले हामीले क्यानडाको लागि ४ लाख ३५ हजारको प्याकेज लिएर आएका छौँ । हामीसँग जोडिएको एफ डी यू यूनिभर्सीटीले जम्मा २५ सय अमेरिकी डलर (नेपाली लगभग २ लाख ७० हजार मात्र ) डिपोजिट लिएको भरमा विद्यार्थीलाई लेटर अफ एसेप्टेन्स इस्यू गरिरहेको छ ।
यसको अर्थ धेरै विश्वविद्यालयहरू अथवा धेरै कलेजहरुले एक वर्षको ट्युसन शुल्क लिन्छन् । एक वर्षको ट्युसन शुल्क लिनु भनेको भिजा लाग्नु भन्दा अगाडी १० देखि ११ लाख बाहिर जानु हो । र विद्यार्थीको भिजा लाग्ने समय ४–५ महिना हुन्छ, त्यति समयसम्म विद्यार्थीको धेरै ब्यालेन्स होल्ड हुन्छ ।
हामीसँग भएको एफ डी यूनिभर्सीटीले २५ सय (अमेरिकी डलर) मात्र लिएर लेटर अफ एसेप्टेन्स इस्यू गर्छ । बाँकी पैसा भिजा लागिसकेपछि क्यानडामा नै गएर बुझाउँदा पनि हुन्छ । यसले विद्यार्थीलाई धेरै राहत हुन्छ ।
अन्तमा,
हामीले नेपालमा कन्सल्टेन्सी सञ्चालन गरेको लगभग २ वर्ष पुग्न लागेको छ । तर क्यानडाको लागि मैँले काम गरेको करिब ७ देखि १० वर्ष भयो । म पहिले बेलायत बसेर क्यानडाको लागि काम गरिरहेको थिएँ ।
भिजा सक्सेसको मात्रा हेर्ने हो भने जसले क्राइटेरिया पुरा गर्छ, उनीहरुलाई क्यानडाले रिजेक्ट गरेको छैन । क्यानडाको ८० प्रतिशत भिजा सफल छ । उच्च शिक्षाका लागि क्यानडा जाने विद्यार्थीले सहि र दक्ष काउन्सलर र मान्यता प्राप्त कन्सल्टेन्सीबाट काउन्सेलिङ गर्न आवश्यक छ ।
लेखक राइटपाथ करियर काउन्सेलिङ पुतलीसडकका सिइओ हुन् ।
http://rightpath.com.np/ [email protected]“








