अर्जेन्टिनालाई हराउने दाउमा क्रोएशिया, कसको पक्षमा होला जीतको फैसला ?

काठमाडौँ, असार ७ । दक्षिण अमेरिकी टीमको विरुद्ध क्रोएशियाको रेकर्ड खराब छ । यो टिमविरुद्ध उसले ४ पटक हारको सामना गरिसकेको छ ।

ग्रुप सी मा फ्रान्स र डेनमार्क ३–३ अंकको साथ पहिलो र दोस्रो नम्बरमा छन् भने ग्रुप डीमा क्रोएशिया ३ र अर्जेन्टिना १ अंकका साथ पहिलो र दोस्रो नम्बरमा छन् ।

विश्वकप फुटबलको आठौँ दिन बिहिबार ३ प्रतिस्पर्धा हुनेछ । पहिलो खेल डेनमार्क–अष्ट्रेलिया, दोस्रो खेल फ्रान्स–पेरु र तेस्रो खेल अर्जेन्टिना–क्रोएशिया बीच हुनेछ ।

अष्ट्रेलिया विरुद्ध डेनमार्क र पेरु विरुद्ध फ्रान्स यदि म्याचमा जीते भने दुवैको अन्तिम १६ मा ठाउँ पक्की हुन्छ ।

त्यस्तै अर्जेन्टिनाको यदि क्वार्टर फाइनमा पुग्नु छ भने उसले हर हालतमा क्रोएशिया विरुद्ध जीत निकाल्नु आवश्यक छ । आँकडा पनि अर्जेन्टिनाकै पक्षमा छ

आज हुने प्रतिस्पर्धा:

विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘सी’ बाट डेनमार्क र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछ । डेनमार्क र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ मा सामरा एरिनामा हुनेछ ।

यस्तै यो समूहको दोस्रो खेलमा फ्रान्स र पेरुबीच खेल हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति ८ :४५ मा एकटेरियान स्टेडियममा हुनेछ भने रुस विश्वकपमा आजबाट समूह ‘डी’ को एक खेल हुँदैछ । आज राति हुने खेलमा अर्जेन्टिना र क्रोएसियाले खेल्दैछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति ११ : ४५ मा नोभगोरोड स्टेडियममा सुरु हुनेछ ।

२०१६ देखि ग्रुप प्रतिस्पर्धामा अर्जेन्टिनाले हारेको रेकर्ड छैन: 

अर्जेन्टिना २००२ देखि आफ्नो ग्रुपमा अजय बेहोरेको छ । तबदेखि उसले ८ जीत हासिल गरेको छ र ३ खेल ड्र खेलेको छ । २००२ मा उसलाई इंग्ल्याण्डले १–० ले हराएको थियो ।

अर्जेन्टिना र क्रोएशिया यो भन्दा पहिले ४ पटक आमने–सामने भइसकेको छ । यसमा अर्जेन्टिना २ र क्रोएशिया १ म्याच जीत्न सफल छ । अन्तिम पटक २०१४ दुबै लन्डनमा भिडेका थिए । विश्वकपमा दुवैको दोस्रो पटक आमने सामने हुनेछ । १९९८ मा अर्जेन्टिनाले क्रोएशियाविरुद्ध १–० ले जीत हासिल गरेको थियो ।

४० सालदेखि विश्वकपमा जितेको छैन पेरुले

यो म्याच भन्दा पहिले २८ अप्रिलमा फ्रान्स र पेरु आमने सामने भएको थियो । तब पेरुले १–० ले जीत हासिल गरेको थियो । पेरुले १९७८ पछि फीफा वल्र्डकपमा ७ म्याच खेलिसकेको छ । तर यसमा एक खेल पनि जितेको थिएन ।

यो तेस्रो विश्वकप हो जुन आज फ्रान्सले खेल्दैछ । १९८६ मा २१ जुन मा भएको क्वार्टर फाइनलमा उसले ब्राजिललाई बाहिरको बाटो देखाएको थियो । त्यस्तै ४० साल पहिले २१ जून कै दिन पेरु को विश्वकपमा सबैभन्दा ठूलो हार व्यहोर्नुपरेको थियो । तब उसलाई दोस्रो राउन्डमा अर्जेन्टिनाले ६–० ले हराएको थियो ।

दक्षिण अमेरिकी टिमविरुद्ध फ्रान्सले अहिलेसम्म १३ म्याच खेलेको छ । यसमध्ये उसले ४ जीत र ६ हार बेहोरेको छ । यद्यपी १९७८ मा अर्जेन्टिनासँग २–० ले हारेपछि अपराजित छ ।

अष्ट्रेलियाविरुद्ध डेनमार्कको सक्सेस रेट ७५ प्रतिशत

अष्ट्रेलियाविरुद्ध डनमार्कको रेकर्ड राम्रो छ । दुवैको बीच अहिलेसम्म ३ म्याच भएको छ । यसमा २ डेनमार्क र १ अष्ट्रेलियाले जीतेको छ । यद्यपी, तीन वटै म्याच राम्रो थियो । विश्वकपमा दुवैले एक अर्का विरुद्ध खेलेका छैनन् । विश्वकपमा अष्ट्रेलियाले पछिल्लो समय लगातार म्याच हारिरहेको छ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *