ABROAD STUDY मा विद्यार्थीले बढी फेस गर्नुपर्ने समस्या समय व्यवस्थापन

ABROAD STUDY मा जाने विद्यार्थीलाई करियर काउन्सेलिङ गराउँदै आएको स्थापित संस्थाको नाम हो काठमाडौँ इन्फोसिएस

सन् २००६ बाट ABROAD STUDY मा जाने विद्यार्थीलाई करियर काउन्सेलिङ सँगै भाषा कक्षा सञ्चालन गर्दै आएको काठमाडौँ इन्फोसिस विकिपेडियामा सुचिकृत भएको एकमात्र नेपाली शैक्षिक परामर्श संस्था पनि हो ।

संस्थाका सिइओ राजेन्द्र रिजाल विद्यार्थीको करियर सुरक्षित गर्न र विश्वका विद्यार्थीसँग प्रतिष्पर्धा गर्ने शिक्षा हासिल गर्न पनि ABROAD STUDY मा जानुपर्ने बताउँछन् ।

नेपाली विद्यार्थी किन ABROAD STUDY मा जान आवश्यक छ ? यसबाट विद्यार्थी र देशलाई कस्तो फाइदा पुग्छ ? भन्ने विषयमा उहाँसँग गरिएको कुराकानी ।

अहिले त स्वदेशमै राम्रा कलेजहरू स्थापित भइरहेका छन्, तथापि, विद्यार्थीहरू ABROAD STUDY  प्रति नै आकर्षक हुनुको कारण के होला ?

नेपाली शिक्षाले अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा विद्यालय तह अध्ययन गरिसकेपछि नेपाली विद्यार्थीहरू ABROAD STUDY मा जानु भनेको आजको आवश्यक्ता बनेको छ । प्लस टु गरिसकेपछि ABROAD STUDY मा जाँदा आफ्नो योग्यता र चाहना अनुसारको सिप हासिल गरी करियर सुरक्षित गर्न सकिन्छ । भने, विश्व प्रतिष्पर्धामा उत्रन समेत सकिन्छ । यसर्थ, आजकल विद्यालय तह अध्ययन गरेका विद्यार्थीले करियर निर्माणका लागि ABROAD STUDY लाई नै प्राथमिकता दिने गरेका छन् ।

विद्यार्थीको करियर निर्माणका लागि ABROAD STUDY को महत्त्व कत्तिको छ ?

नेपाली विद्यार्थीहरू जो विद्यालय तह अध्ययन गरिहेका छन्, उनीहरूको लागि उच्च शिक्षामा प्रवेश गर्ने पहिलो खुड्किलो हो +2 । विद्यालय तहसम्म नेपालमा बसेर नेपाली बिच मात्रै प्रतिस्पर्धा गर्न सिकेका हुन्छन् । उनीहरूलाई आजको ग्वोवलाइजेशनको बारेमा थाहा छ, की अब नेपालमा मात्र प्रतिस्पर्धा गरेर अगाडी बढ्न सकिन्न । तसर्थ, विकसित राष्ट्रहरूका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न र त्यहाँको काम गर्ने तौर तरिका, सिकेर सिप हासिल गर्न विदेश जानुपर्छ भन्ने मान्यता राख्छन् ।

माइक्रो लेभलमा देखिएका अपेक्षालाई म्याक्रो लेभलमा हेर्नका निम्ति पनि नेपाली विद्यार्थीहरू बाहिर जान लालयित छन् । जतिपनि नेपाली विद्यार्थीहरू विदेश गएका छन्, उनीहरूले उच्च शिक्षा र ज्ञान मात्रै हासिल गरेका छैनन्, सिप पनि सिकेका छन् जुन हाम्रो देशको विकासको लागि अपरिहार्य छ ।

विदेशिएका सबै विद्यार्थीले अध्ययनलाई नै प्राथमिकता दिन्छन् त ?

पहिलेका मान्छेहरू प्रायः क्याटोगोरी २ का राष्ट्र युएइ, कतार, मलेसिया जस्ता देशहरूमा कामका लागि मात्र जाने गर्थे किनकि, उनीहरूको योग्यता र क्षमता क्याटेगोरी १ को राष्ट्रमा जान पुग्दैनथ्यो ।

क्याटेगोरी १ राष्ट्रमा इन्ट्री पाउनु भनेको सुवर्ण अवसर पनि हो । जहाँ विश्वलाई Well Educative, Well Train बाट हेर्ने गरिन्छ । क्याटोगोरी १ का देशहरूमा गइसकेका विद्यार्थीहरूलाई हेर्ने हो भने, उनीहरू आफ्नो करियर प्रति सजग छन्, उनीहरूमा पढ्नुपर्छ भन्ने मानसिकता छ ।

१२ वर्षको अन्तरालमा हामीले विभिन्न किसिमका विद्यार्थीलाई ABROAD STUDY मा पठाइसकेका छौँ । ती मध्ये केही उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएर विभिन्न क्षेत्रमा स्थापित भएका छन् । कोही विद्यार्थी त हामीलाई नै सघाइरहेका छन् ।

कतिपय विद्यार्थीहरू राम्रो पोजिसनमा Hospitality, Account, IT Sectors मा काम गरिरहेका छन् । भने, केही विद्यार्थीहरू उतै सेटल भएका छन् । यो सबै हेर्दा ABROAD STUDY मा गएका सबै विद्यार्थीले आफ्नो करियर सुनिश्चित गर्ने उद्देश्य लिएको पाएका छौँ ।

के सबै विद्यार्थी ABROAD STUDY मा जान योग्य हुन्छन् ?

सबै विद्यार्थी ABROAD STUDY मा जान योग्य हुन्छन् भन्ने कुरा विद्यार्थीको शैक्षिक, आर्थिक अवस्थाले निर्धारण गर्छ भने, त्योसँगै उसको व्यक्तिगत चाहना, क्षमता पनि जोडिएर आउँछ ।

ABROAD STUDY मा जानुभन्दा अगाडीको अवस्थामा उनीहरूलाई भिजा लाग्छ या लाग्दैन भन्नेमा Fear Factor थियो । आज ज्ञान र सिप हासिल गरिसकेपछि संसारको जुनसुकै कुनामा जानको लागि भिजाको समस्या हुँदैन । विद्यार्थीहरूमा भिजा लागि सकेपछि काम फत्ते गर्नको लागि कस्तो किसिमको नलेज हुनुपर्छ, सोच्न सक्ने कुराको विकास भएको छ ।

हामी कहाँ जति विद्यार्थी काउन्सिलिङका लागि आउँछन्, उनीहरुमा ABROAD STUDY कै लागि जान्छु भन्ने मानसिकता क्लिएर भएको हुँदैन । कमाउने मनस्थिति बढि भएको हुन्छ, जसलाई बदलेर हामी पढ्ने मनस्थिति बनाइदिन्छौँ, ताकि उनीहरु फुल टाइमर पढुन् र आफ्नो भविश्य प्रति केन्द्रित होउन् ।

ABROAD STUDY मा गएका विद्यार्थीले सबैभन्दा बढी फेस गर्नुपर्ने समस्या के हो ?

राम्रो कुरा उठाउनु भयो, नेपालबाट गएका विद्यार्थीले सबैभन्दा बढी फेस गर्नुपर्ने समस्या भनेको समय व्यवस्थापन हो ।
नेपालमा काम गर्दै पढ्दै गर्ने विद्यार्थीहरू कमै हुन्छन्, अभिभावकले पनि त्यो अवसर दिएका हुँदैनन् । त्यसैले ABROAD गएर समय व्यवस्थापन गर्न सकिएन भने काम गर्दै पढ्दै गर्दा डिप्रेसन हुने सम्भावना रहन्छ ।

कतिपय मान्छेहरू आएका समस्यालाई समाधान गर्ने तर्फ लाग्ने भन्दा पनि पोको पारेर राख्ने हुन्छन्, हो त्यही समस्या थुपार्दै लैजाँदा पछि समाधानको बाटो नै बन्द हुन्छ अनि गलत निष्कर्षमा पुग्छ र सुसाइड गर्ने अवस्थाहरू सिर्जना हुन सक्छन् ।

विदेश गइसकेपछि विद्यार्थीले ७५ प्रतिशत समय पढाइमा खर्च गर्नुपर्छ । बाँकी रह्यो २५ प्रतिशत, जसमा उसले काम पनि गर्नुपर्यो, रिसर्च पनि गर्नुपर्यो, मनोरञ्जन पनि गर्नुपर्यो र, यो सबै गर्नका लागि ब्यालेन्स पनि जुटाउनुपर्यो ।

त्यही कुरालाई मध्यनजर गर्दै अहिले हामीले नयाँ ट्रेनिङ Joined KIEC, Get Skill, Go Abroad सेट गरेका छौं । यसको मतलब जो केआइसीमा करियर काउन्सेलिङका लागि आउँछ, जबसम्म उसको भिजाको डिसिजन हुँदैन, उ केआइसीकै लागि काम गर्छ । भिजाको डिसिजन आइसकेपछि उसले जति पनि काम गरेको छ, त्यसको पेमेन्ट पनि लिन्छ र, ABROAD STUDY को लागि जान्छ ।

यो एउटा On The Job ट्रेनिङ हो । सिप सिकेर काम गरिसके पछाडी केआइसीले उसको कामको आधारमा पेमेन्ट गर्छ । जाने बेलामा स्कील बोकेर जान्छ । ABROAD STUDY मा विद्यार्थीमा देखिएको समस्या न्युनिकरण गर्नको लागि केआइइसीको नयाँ अफरले विद्यार्थीहरुलाई केही हद सम्म सफल हुने विस्वास लिएका छौं ।

ABROAD STUDY जाने विद्यार्थीमा उज्वल भविष्य निर्माणका लागि चाहिने आधारभूत तत्वहरु के–के हुन ?

ABROAD STUDY जाने विद्यार्थीलाई किताबी ज्ञानले मात्र पुग्दैन । हाम्रो नेपाली पढाइको सिस्टम अझै पनि घोकन्ते नै छ । कतिपय अवस्थामा एउटा प्रश्न सोध्दा गलत जवाफ गइरहेको पनि हुन सक्छ । त्यसैले ABROAD जाने विद्यार्थीका लागि नभई नहुने भनेको व्यक्तित्व विकास, प्रतिस्पर्धात्मक क्षमता, हँसिलो अनुहार, आधारभूत ज्ञान, भाषिक दक्षता, जब स्किल इत्यादि । जो मान्छेसँग सबै किसिमका ज्ञानहरू हुन्छन्, उनीहरू जस्तोसुकै अप्ठ्यारो परिस्थितिको पनि सामना गर्न सक्छन् ।

ABROAD STUDY मा जाने विद्यार्थीले सिक्नुपर्ने सिपमुलक विषयहरू के के हुन सक्छन् ?

विद्यार्थीले सफ्ट स्किल (बोली, वचन) सिक्न आवश्यक रहन्छ । हामी जति हाँसे पनि क्याटेगोरी १ कन्ट्रीको जस्तो खुलेर स्वागत गर्न सकिरहेका हुँदैनौँ । त्यसैले विद्यार्थीले सधैँ हँसिलो अनुहार र व्यक्तित्व विकासमा जोड दिनुपर्छ ।

भोकेस्नल ट्रेनिङ लिनका लागि म विद्यार्थीलाई अनुरोध गर्न चाहन्छु । किनकि विद्यार्थी ABROAD जाने भनेको पढ्नका लागि हो । ऊसँग कुनै किसिमको प्रमाणित शिक्षा हुनु अत्यावश्यक छ । साथै बेसिक कामका लागि ट्रेनिङ र जब नलेज जस्तैः बार टेन्डरमा वेट्रेसको काम, व्युटिसियन, आइटी जस्ता भोकेसनल ज्ञान भएको खण्डमा अन्तर्राष्ट्रिय जब मार्केटमा छिर्न अप्ठ्यारो पर्दैन ।

यहाँ आउने विद्यार्थीहरूको अधिकतम रोजाइ के मा छ ? कस्ता खालका राष्ट्रहरूमा जान चाहन्छन् ?

अन्तर्राष्ट्रिय ट्रेनलाई हेर्ने हो भने, अमेरिका पहिलो, यूके दोस्रोमा छन् । अस्ट्रेलिया लगायत अन्य राष्ट्रहरू त्यसपछि पर्छन् । नेपाल भने, भिजा सेन्ट्रिक मार्केट भएकोले जुन देशमा बढी भिजा लागिरहेको छ, विद्यार्थीले स्वतः त्यही देश छनौट गर्छन् ।

त्यस्तो अवस्थामा कन्सल्टेन्सीको भूमिका र अभिभावकको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहन्छ । यदि कन्सल्टेन्सीले विद्यार्थीको प्रोफाइल, आर्थिक स्रोतको आधारमा सही देश छनौट गर्न सकेन भने विद्यार्थीको भविष्य नै डामाडोल हुन सक्ने सम्भावना रहन्छ ।

नेपाली विद्यार्थीलाई हेर्ने हो भने अस्ट्रेलिया नं १ गन्तव्य भएको छ । किनभने यसमा ९० प्रतिशत भिजा रेट सफल छ । अस्ट्रेलिया गएर विद्यार्थीहरूले व्याचलर पुरा गरिसकेपछि पनि उनीहरूलाई स्टे व्याक गर्नका लागि अवसर छ, पीएसडब्लु (पोस्ट स्टडी वर्क) भिजामा काम गर्न सक्छन् । आधार पुरा भएको खण्डमा परमानेन्ट रेसिडेन्सी (PR) का लागि पनि अप्लाई गर्न सक्छन । अथवा, त्याे भन्दा माथि मास्टर लेवलमा पढ्न सक्छन् ।

त्यस्तै विवाह पश्चात् पनि श्रीमती, बच्चा लिएर जान सकिने अवस्था छ र, गइसकेका विद्यार्थीहरूको फिडव्याक पनि राम्रो भएकोले नेपाली विद्यार्थीहरूको पहिलो रोजाइमा अस्ट्रेलिया परेको हुनसक्छ ।

विद्यार्थीले कोर्स र कलेज छनौट गर्दा के–के कुरामा ध्यान पुर्याउनुपर्छ ?

धेरै जसो विद्यार्थीहरू कोर्स छनौट त गर्छन् तर, उनीहरूलाई कुन कोर्सले कहाँ पुर्याउँछ भन्ने थाहा हुँदैन ।

त्यस्ता विद्यार्थीलाई काउन्सलरले उसको व्याकग्राउण्ड कुन स्ट्रीम अन्तर्गत हो, त्यो अन्तर्गत कुन–कुन कोर्सहरू पर्छन् र त्यो पढिसकेपछि के के बन्न सकिन्छ, भन्ने प्रस्ट जानकारी दिनुपर्छ ।

विद्यार्थीले पनि आफ्नो प्रोफाइल कस्तो छ ? आफूले पढ्न चाहेको विषय के हो? त्यो विषय त्यो कलेजमा छ की छैन ? आफ्नो आर्थिक क्षमताले भ्याउँछ की भ्याउँदैन ? जस्ता कुराहरूमा ध्यान पुर्याउनुपर्छ ।

अहिले  नेपाली विद्यार्थीको चाहना भनेको अकाउन्टिङ, आइटी, इन्जिनियरिङ, हेल्थ सेक्टरको नर्सिङ, डेन्टल प्रोग्राम आदिमा बढी रुचि रहेको छ ।

विद्यार्थीले छनौट गर्ने देश र कलेजका विषयमा काउन्सलर कत्तिको जिम्मेवार हुनुपर्छ ?

विद्यार्थीहरू काउन्सिलिङमा यति कमजोर भएर आइदिन्छन् कि कन्सल्टेन्सीलाई काउन्सिलिङ गर्नै गाह्रो हुन्छ । उनीहरूमा ABROAD STUDY का आधारभूत ज्ञान समेत हुँदैन । यस्तो अवस्थामा काउन्सलरले विद्यार्थीलाई पर्याप्त गाइड गर्न आवश्यक छ । यदि कन्सल्टेन्सी आफ्नो पेसामा बफादार छ र, विद्यार्थीप्रतिको दायित्व बहन गर्नसक्छ भने ठिक छ । नत्र, समस्या आइदिन्छ ।

तपाईँ इक्यानको उपाध्यक्ष पनि, अहिले नेपालका कन्सल्टेन्सीहरुले विद्यार्थीलाई कत्तिको सही काउन्सेलिङ गरिरहेका छन् त ?

यो क्षेत्रमा दुई प्रकारका कन्सल्टेन्सीहरु छन्, एउटा फार्मेसीस् र अर्को डक्टर । अब औषधी को सँग लिने ? भन्ने कुरा विद्यार्थीले थाहा पाउनु पर्छ ।

यसका लागि कन्सल्टेन्सीको ब्याकग्राउण्ड, नेपाल सरकारबाट मान्यता लिएको नलिएको, त्यसले काम गर्ने कलेज, विश्वविद्यालय, काउन्सलरको क्षमता, दक्षता लगायतका विषयमा अध्ययन गर्न आवश्यक छ । सबै कन्सल्टेन्सीले सही काउन्सेलिङ गर्छन् भन्ने छैन र सबैले गलत पनि गर्छन् भन्ने हैन ।

हाम्रो कन्सल्टेन्सीबाट ९० प्रतिशत विद्यार्थीहरू अस्ट्रेलिया जान्छन् । हामी अस्ट्रेलिया सर्टिफाइड काउन्सलर हौँ, हामीले टीआइटीआइ र शिक्षा मन्त्रालयबाट पनि स्वीकृति लिएका छौँ । हाम्रा काउन्सलरहरु सबै सर्टिफाइड हुनुहुन्छ ।

ABROAD STUDY मा गएका विद्यार्थीहरू कमाउनतिर उन्मुख हुनु भनेको पारिवारिक प्रेसरले पनि हो ?

ठिक कुरा गर्नुभयो, हामीले विद्यार्थीलाई पढ्न पठाएका हौँ, भरिया बनाउन होइन । यदि परिवारले प्रेसर दिन्छन् भने ऊ भरिया बनेर आउँछ । बाहिर मनिप्लान्टमा पैसा फल्ने होइन । नेपालमा भन्दा पैसाको महत्त्व क्याटेगोरी नं. १ का राष्ट्रहरूमा बढी देखिन्छ ।

एउटा विद्यार्थी नयाँ ठाउँमा जाने भनेको खाली दिमाग लिएर जाने हो । त्यहाँ नयाँ संस्कृति, नयाँ भाषा, नयाँ रोजगारदाता र नयाँ क्वालिफिकेशन सिक्नु छ र, त्यो सबै सिक्नको लागि समय लाग्छ । विद्यार्थी गएको ६ महिना सम्म काम पाउन गाह्रो हुन्छ । त्यसैले विद्यार्थीका अभिभावकहरूले कम्तीमा एक वर्षसम्म खर्चको व्यवस्थापन गरिदिनुपर्ने हुन्छ ।

म अभिभावकहरूलाई सल्लाह दिन्छु, विद्यार्थीलाई ऋण काढेर विदेश नपठाउनुस्, किनकि पैसा नतिरिकन पठाउन सकिने देशहरू पनि छन् । जस्तै जर्मन, फीनल्याण्ड, स्वीडेन, अष्ट्रिया, अस्ट्रेलियामै पनि फुल स्कलरसीप पाइन्छ । अभिभावकले आफ्नो पकेट र छोराछोरीको क्षमता हेरेर मात्र ABROAD STUDY मा पठाउनुहोला ताकि भोलि नसोचेको समस्या भोग्नु नपरोस् ।

हामीले काउन्सिलिङका लागि अभिभावक पनि अनिवार्य गरेका छौँ । यदि अभिभावक नआएको खण्डमा नयाँ प्रोसेस चालेका छौँ, Counselling @ Yours Home जसका लागि हाम्रा काउन्सलरहरु विद्यार्थीका घरघर जान्छन् र, काउन्सेलिङ गर्छन् ।

अन्त्यमा, काठमाडौँ इन्फोसिसले १२ वर्ष पार गरिसक्दा ABROAD STUDY मा जाने विद्यार्थी यहाँ किन आउने ?

काठमाडौँ इन्फोसिससँग १२ वर्षे इतिहास छ । यो अवधिमा काठमाडौँ इन्फोसिससँग करिअर काउन्सिलिङ गरेको मात्रै अनुभव छैन कि काउन्सिलिङका लागि चाहिने नलेज, सर्टिफिकेट, फर्मले क्वालिफिकेशनहरु पनि हामीले दिनानुदिन जोड्दै गइरहेका छौँ ।

जति पनि कलेज विश्वविद्यालयहरु हामी प्रमोट गर्दै छौँ, तिनीहरूको सेवा सुविधा नहेरिकन कुनै पनि विद्यार्थीलाई पठाएको रेकर्ड छैन ।

विद्यार्थीहरूलाई परामर्श दिन लोकेशनमै आएर Face To Face भेट्नुपर्छ भन्ने समस्यालाई टाढा राख्दै Tele Counselling, Counselling @ Yours Home Counselling Through The Social media, Counselling Through The Technology का लागि आधार निर्माण गर्दै छौँ ।

विद्यार्थीहरूलार्इ भैपरि आउने समस्याहरूसँग जुध्न र समाधान गर्नका लागि अस्ट्रेलियामा कार्यालय खोलेका छौँ । विद्यार्थीलाई समस्या आएको खण्डमा अस्ट्रेलियाकै अफिसबाट सहयोग लिन सक्छन् । नेपालमा हाम्रा १० वटा कार्यालयहरू रहेका छन् ।

हामी Wikipedia  Listed  First Consultancy हौँ । हामीसँग सबैभन्दा बढी सर्टिफाइड काउन्सलरहरु छन् । हामी विद्यार्थीलाई स्कीलसँगै जब पनि दिन्छौँ । सम्पूर्ण विद्यार्थीहरूलाई केआइइसीको यो नौलो सर्भिसको बारेमा यहाँ आएर बुझ्न र परामर्श लिन आग्रह गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =