ABROAD STUDY मा विद्यार्थीले बढी फेस गर्नुपर्ने समस्या समय व्यवस्थापन

“
ABROAD STUDY मा जाने विद्यार्थीलाई करियर काउन्सेलिङ गराउँदै आएको स्थापित संस्थाको नाम हो काठमाडौँ इन्फोसिएस ।
सन् २००६ बाट ABROAD STUDY मा जाने विद्यार्थीलाई करियर काउन्सेलिङ सँगै भाषा कक्षा सञ्चालन गर्दै आएको काठमाडौँ इन्फोसिस विकिपेडियामा सुचिकृत भएको एकमात्र नेपाली शैक्षिक परामर्श संस्था पनि हो ।
संस्थाका सिइओ राजेन्द्र रिजाल विद्यार्थीको करियर सुरक्षित गर्न र विश्वका विद्यार्थीसँग प्रतिष्पर्धा गर्ने शिक्षा हासिल गर्न पनि ABROAD STUDY मा जानुपर्ने बताउँछन् ।
नेपाली विद्यार्थी किन ABROAD STUDY मा जान आवश्यक छ ? यसबाट विद्यार्थी र देशलाई कस्तो फाइदा पुग्छ ? भन्ने विषयमा उहाँसँग गरिएको कुराकानी ।
अहिले त स्वदेशमै राम्रा कलेजहरू स्थापित भइरहेका छन्, तथापि, विद्यार्थीहरू ABROAD STUDY प्रति नै आकर्षक हुनुको कारण के होला ?
नेपाली शिक्षाले अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा विद्यालय तह अध्ययन गरिसकेपछि नेपाली विद्यार्थीहरू ABROAD STUDY मा जानु भनेको आजको आवश्यक्ता बनेको छ । प्लस टु गरिसकेपछि ABROAD STUDY मा जाँदा आफ्नो योग्यता र चाहना अनुसारको सिप हासिल गरी करियर सुरक्षित गर्न सकिन्छ । भने, विश्व प्रतिष्पर्धामा उत्रन समेत सकिन्छ । यसर्थ, आजकल विद्यालय तह अध्ययन गरेका विद्यार्थीले करियर निर्माणका लागि ABROAD STUDY लाई नै प्राथमिकता दिने गरेका छन् ।
विद्यार्थीको करियर निर्माणका लागि ABROAD STUDY को महत्त्व कत्तिको छ ?
नेपाली विद्यार्थीहरू जो विद्यालय तह अध्ययन गरिहेका छन्, उनीहरूको लागि उच्च शिक्षामा प्रवेश गर्ने पहिलो खुड्किलो हो +2 । विद्यालय तहसम्म नेपालमा बसेर नेपाली बिच मात्रै प्रतिस्पर्धा गर्न सिकेका हुन्छन् । उनीहरूलाई आजको ग्वोवलाइजेशनको बारेमा थाहा छ, की अब नेपालमा मात्र प्रतिस्पर्धा गरेर अगाडी बढ्न सकिन्न । तसर्थ, विकसित राष्ट्रहरूका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न र त्यहाँको काम गर्ने तौर तरिका, सिकेर सिप हासिल गर्न विदेश जानुपर्छ भन्ने मान्यता राख्छन् ।
माइक्रो लेभलमा देखिएका अपेक्षालाई म्याक्रो लेभलमा हेर्नका निम्ति पनि नेपाली विद्यार्थीहरू बाहिर जान लालयित छन् । जतिपनि नेपाली विद्यार्थीहरू विदेश गएका छन्, उनीहरूले उच्च शिक्षा र ज्ञान मात्रै हासिल गरेका छैनन्, सिप पनि सिकेका छन् जुन हाम्रो देशको विकासको लागि अपरिहार्य छ ।
विदेशिएका सबै विद्यार्थीले अध्ययनलाई नै प्राथमिकता दिन्छन् त ?
पहिलेका मान्छेहरू प्रायः क्याटोगोरी २ का राष्ट्र युएइ, कतार, मलेसिया जस्ता देशहरूमा कामका लागि मात्र जाने गर्थे किनकि, उनीहरूको योग्यता र क्षमता क्याटेगोरी १ को राष्ट्रमा जान पुग्दैनथ्यो ।
क्याटेगोरी १ राष्ट्रमा इन्ट्री पाउनु भनेको सुवर्ण अवसर पनि हो । जहाँ विश्वलाई Well Educative, Well Train बाट हेर्ने गरिन्छ । क्याटोगोरी १ का देशहरूमा गइसकेका विद्यार्थीहरूलाई हेर्ने हो भने, उनीहरू आफ्नो करियर प्रति सजग छन्, उनीहरूमा पढ्नुपर्छ भन्ने मानसिकता छ ।
१२ वर्षको अन्तरालमा हामीले विभिन्न किसिमका विद्यार्थीलाई ABROAD STUDY मा पठाइसकेका छौँ । ती मध्ये केही उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएर विभिन्न क्षेत्रमा स्थापित भएका छन् । कोही विद्यार्थी त हामीलाई नै सघाइरहेका छन् ।
कतिपय विद्यार्थीहरू राम्रो पोजिसनमा Hospitality, Account, IT Sectors मा काम गरिरहेका छन् । भने, केही विद्यार्थीहरू उतै सेटल भएका छन् । यो सबै हेर्दा ABROAD STUDY मा गएका सबै विद्यार्थीले आफ्नो करियर सुनिश्चित गर्ने उद्देश्य लिएको पाएका छौँ ।
के सबै विद्यार्थी ABROAD STUDY मा जान योग्य हुन्छन् ?
सबै विद्यार्थी ABROAD STUDY मा जान योग्य हुन्छन् भन्ने कुरा विद्यार्थीको शैक्षिक, आर्थिक अवस्थाले निर्धारण गर्छ भने, त्योसँगै उसको व्यक्तिगत चाहना, क्षमता पनि जोडिएर आउँछ ।
ABROAD STUDY मा जानुभन्दा अगाडीको अवस्थामा उनीहरूलाई भिजा लाग्छ या लाग्दैन भन्नेमा Fear Factor थियो । आज ज्ञान र सिप हासिल गरिसकेपछि संसारको जुनसुकै कुनामा जानको लागि भिजाको समस्या हुँदैन । विद्यार्थीहरूमा भिजा लागि सकेपछि काम फत्ते गर्नको लागि कस्तो किसिमको नलेज हुनुपर्छ, सोच्न सक्ने कुराको विकास भएको छ ।
हामी कहाँ जति विद्यार्थी काउन्सिलिङका लागि आउँछन्, उनीहरुमा ABROAD STUDY कै लागि जान्छु भन्ने मानसिकता क्लिएर भएको हुँदैन । कमाउने मनस्थिति बढि भएको हुन्छ, जसलाई बदलेर हामी पढ्ने मनस्थिति बनाइदिन्छौँ, ताकि उनीहरु फुल टाइमर पढुन् र आफ्नो भविश्य प्रति केन्द्रित होउन् ।
ABROAD STUDY मा गएका विद्यार्थीले सबैभन्दा बढी फेस गर्नुपर्ने समस्या के हो ?
राम्रो कुरा उठाउनु भयो, नेपालबाट गएका विद्यार्थीले सबैभन्दा बढी फेस गर्नुपर्ने समस्या भनेको समय व्यवस्थापन हो ।
नेपालमा काम गर्दै पढ्दै गर्ने विद्यार्थीहरू कमै हुन्छन्, अभिभावकले पनि त्यो अवसर दिएका हुँदैनन् । त्यसैले ABROAD गएर समय व्यवस्थापन गर्न सकिएन भने काम गर्दै पढ्दै गर्दा डिप्रेसन हुने सम्भावना रहन्छ ।
कतिपय मान्छेहरू आएका समस्यालाई समाधान गर्ने तर्फ लाग्ने भन्दा पनि पोको पारेर राख्ने हुन्छन्, हो त्यही समस्या थुपार्दै लैजाँदा पछि समाधानको बाटो नै बन्द हुन्छ अनि गलत निष्कर्षमा पुग्छ र सुसाइड गर्ने अवस्थाहरू सिर्जना हुन सक्छन् ।
विदेश गइसकेपछि विद्यार्थीले ७५ प्रतिशत समय पढाइमा खर्च गर्नुपर्छ । बाँकी रह्यो २५ प्रतिशत, जसमा उसले काम पनि गर्नुपर्यो, रिसर्च पनि गर्नुपर्यो, मनोरञ्जन पनि गर्नुपर्यो र, यो सबै गर्नका लागि ब्यालेन्स पनि जुटाउनुपर्यो ।
त्यही कुरालाई मध्यनजर गर्दै अहिले हामीले नयाँ ट्रेनिङ Joined KIEC, Get Skill, Go Abroad सेट गरेका छौं । यसको मतलब जो केआइसीमा करियर काउन्सेलिङका लागि आउँछ, जबसम्म उसको भिजाको डिसिजन हुँदैन, उ केआइसीकै लागि काम गर्छ । भिजाको डिसिजन आइसकेपछि उसले जति पनि काम गरेको छ, त्यसको पेमेन्ट पनि लिन्छ र, ABROAD STUDY को लागि जान्छ ।
यो एउटा On The Job ट्रेनिङ हो । सिप सिकेर काम गरिसके पछाडी केआइसीले उसको कामको आधारमा पेमेन्ट गर्छ । जाने बेलामा स्कील बोकेर जान्छ । ABROAD STUDY मा विद्यार्थीमा देखिएको समस्या न्युनिकरण गर्नको लागि केआइइसीको नयाँ अफरले विद्यार्थीहरुलाई केही हद सम्म सफल हुने विस्वास लिएका छौं ।
ABROAD STUDY जाने विद्यार्थीमा उज्वल भविष्य निर्माणका लागि चाहिने आधारभूत तत्वहरु के–के हुन ?
ABROAD STUDY जाने विद्यार्थीलाई किताबी ज्ञानले मात्र पुग्दैन । हाम्रो नेपाली पढाइको सिस्टम अझै पनि घोकन्ते नै छ । कतिपय अवस्थामा एउटा प्रश्न सोध्दा गलत जवाफ गइरहेको पनि हुन सक्छ । त्यसैले ABROAD जाने विद्यार्थीका लागि नभई नहुने भनेको व्यक्तित्व विकास, प्रतिस्पर्धात्मक क्षमता, हँसिलो अनुहार, आधारभूत ज्ञान, भाषिक दक्षता, जब स्किल इत्यादि । जो मान्छेसँग सबै किसिमका ज्ञानहरू हुन्छन्, उनीहरू जस्तोसुकै अप्ठ्यारो परिस्थितिको पनि सामना गर्न सक्छन् ।
ABROAD STUDY मा जाने विद्यार्थीले सिक्नुपर्ने सिपमुलक विषयहरू के के हुन सक्छन् ?
विद्यार्थीले सफ्ट स्किल (बोली, वचन) सिक्न आवश्यक रहन्छ । हामी जति हाँसे पनि क्याटेगोरी १ कन्ट्रीको जस्तो खुलेर स्वागत गर्न सकिरहेका हुँदैनौँ । त्यसैले विद्यार्थीले सधैँ हँसिलो अनुहार र व्यक्तित्व विकासमा जोड दिनुपर्छ ।
भोकेस्नल ट्रेनिङ लिनका लागि म विद्यार्थीलाई अनुरोध गर्न चाहन्छु । किनकि विद्यार्थी ABROAD जाने भनेको पढ्नका लागि हो । ऊसँग कुनै किसिमको प्रमाणित शिक्षा हुनु अत्यावश्यक छ । साथै बेसिक कामका लागि ट्रेनिङ र जब नलेज जस्तैः बार टेन्डरमा वेट्रेसको काम, व्युटिसियन, आइटी जस्ता भोकेसनल ज्ञान भएको खण्डमा अन्तर्राष्ट्रिय जब मार्केटमा छिर्न अप्ठ्यारो पर्दैन ।
यहाँ आउने विद्यार्थीहरूको अधिकतम रोजाइ के मा छ ? कस्ता खालका राष्ट्रहरूमा जान चाहन्छन् ?
अन्तर्राष्ट्रिय ट्रेनलाई हेर्ने हो भने, अमेरिका पहिलो, यूके दोस्रोमा छन् । अस्ट्रेलिया लगायत अन्य राष्ट्रहरू त्यसपछि पर्छन् । नेपाल भने, भिजा सेन्ट्रिक मार्केट भएकोले जुन देशमा बढी भिजा लागिरहेको छ, विद्यार्थीले स्वतः त्यही देश छनौट गर्छन् ।
त्यस्तो अवस्थामा कन्सल्टेन्सीको भूमिका र अभिभावकको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहन्छ । यदि कन्सल्टेन्सीले विद्यार्थीको प्रोफाइल, आर्थिक स्रोतको आधारमा सही देश छनौट गर्न सकेन भने विद्यार्थीको भविष्य नै डामाडोल हुन सक्ने सम्भावना रहन्छ ।
नेपाली विद्यार्थीलाई हेर्ने हो भने अस्ट्रेलिया नं १ गन्तव्य भएको छ । किनभने यसमा ९० प्रतिशत भिजा रेट सफल छ । अस्ट्रेलिया गएर विद्यार्थीहरूले व्याचलर पुरा गरिसकेपछि पनि उनीहरूलाई स्टे व्याक गर्नका लागि अवसर छ, पीएसडब्लु (पोस्ट स्टडी वर्क) भिजामा काम गर्न सक्छन् । आधार पुरा भएको खण्डमा परमानेन्ट रेसिडेन्सी (PR) का लागि पनि अप्लाई गर्न सक्छन । अथवा, त्याे भन्दा माथि मास्टर लेवलमा पढ्न सक्छन् ।
त्यस्तै विवाह पश्चात् पनि श्रीमती, बच्चा लिएर जान सकिने अवस्था छ र, गइसकेका विद्यार्थीहरूको फिडव्याक पनि राम्रो भएकोले नेपाली विद्यार्थीहरूको पहिलो रोजाइमा अस्ट्रेलिया परेको हुनसक्छ ।
विद्यार्थीले कोर्स र कलेज छनौट गर्दा के–के कुरामा ध्यान पुर्याउनुपर्छ ?
धेरै जसो विद्यार्थीहरू कोर्स छनौट त गर्छन् तर, उनीहरूलाई कुन कोर्सले कहाँ पुर्याउँछ भन्ने थाहा हुँदैन ।
त्यस्ता विद्यार्थीलाई काउन्सलरले उसको व्याकग्राउण्ड कुन स्ट्रीम अन्तर्गत हो, त्यो अन्तर्गत कुन–कुन कोर्सहरू पर्छन् र त्यो पढिसकेपछि के के बन्न सकिन्छ, भन्ने प्रस्ट जानकारी दिनुपर्छ ।
विद्यार्थीले पनि आफ्नो प्रोफाइल कस्तो छ ? आफूले पढ्न चाहेको विषय के हो? त्यो विषय त्यो कलेजमा छ की छैन ? आफ्नो आर्थिक क्षमताले भ्याउँछ की भ्याउँदैन ? जस्ता कुराहरूमा ध्यान पुर्याउनुपर्छ ।
अहिले नेपाली विद्यार्थीको चाहना भनेको अकाउन्टिङ, आइटी, इन्जिनियरिङ, हेल्थ सेक्टरको नर्सिङ, डेन्टल प्रोग्राम आदिमा बढी रुचि रहेको छ ।
विद्यार्थीले छनौट गर्ने देश र कलेजका विषयमा काउन्सलर कत्तिको जिम्मेवार हुनुपर्छ ?
विद्यार्थीहरू काउन्सिलिङमा यति कमजोर भएर आइदिन्छन् कि कन्सल्टेन्सीलाई काउन्सिलिङ गर्नै गाह्रो हुन्छ । उनीहरूमा ABROAD STUDY का आधारभूत ज्ञान समेत हुँदैन । यस्तो अवस्थामा काउन्सलरले विद्यार्थीलाई पर्याप्त गाइड गर्न आवश्यक छ । यदि कन्सल्टेन्सी आफ्नो पेसामा बफादार छ र, विद्यार्थीप्रतिको दायित्व बहन गर्नसक्छ भने ठिक छ । नत्र, समस्या आइदिन्छ ।
तपाईँ इक्यानको उपाध्यक्ष पनि, अहिले नेपालका कन्सल्टेन्सीहरुले विद्यार्थीलाई कत्तिको सही काउन्सेलिङ गरिरहेका छन् त ?
यो क्षेत्रमा दुई प्रकारका कन्सल्टेन्सीहरु छन्, एउटा फार्मेसीस् र अर्को डक्टर । अब औषधी को सँग लिने ? भन्ने कुरा विद्यार्थीले थाहा पाउनु पर्छ ।
यसका लागि कन्सल्टेन्सीको ब्याकग्राउण्ड, नेपाल सरकारबाट मान्यता लिएको नलिएको, त्यसले काम गर्ने कलेज, विश्वविद्यालय, काउन्सलरको क्षमता, दक्षता लगायतका विषयमा अध्ययन गर्न आवश्यक छ । सबै कन्सल्टेन्सीले सही काउन्सेलिङ गर्छन् भन्ने छैन र सबैले गलत पनि गर्छन् भन्ने हैन ।
हाम्रो कन्सल्टेन्सीबाट ९० प्रतिशत विद्यार्थीहरू अस्ट्रेलिया जान्छन् । हामी अस्ट्रेलिया सर्टिफाइड काउन्सलर हौँ, हामीले टीआइटीआइ र शिक्षा मन्त्रालयबाट पनि स्वीकृति लिएका छौँ । हाम्रा काउन्सलरहरु सबै सर्टिफाइड हुनुहुन्छ ।
ABROAD STUDY मा गएका विद्यार्थीहरू कमाउनतिर उन्मुख हुनु भनेको पारिवारिक प्रेसरले पनि हो ?
ठिक कुरा गर्नुभयो, हामीले विद्यार्थीलाई पढ्न पठाएका हौँ, भरिया बनाउन होइन । यदि परिवारले प्रेसर दिन्छन् भने ऊ भरिया बनेर आउँछ । बाहिर मनिप्लान्टमा पैसा फल्ने होइन । नेपालमा भन्दा पैसाको महत्त्व क्याटेगोरी नं. १ का राष्ट्रहरूमा बढी देखिन्छ ।
एउटा विद्यार्थी नयाँ ठाउँमा जाने भनेको खाली दिमाग लिएर जाने हो । त्यहाँ नयाँ संस्कृति, नयाँ भाषा, नयाँ रोजगारदाता र नयाँ क्वालिफिकेशन सिक्नु छ र, त्यो सबै सिक्नको लागि समय लाग्छ । विद्यार्थी गएको ६ महिना सम्म काम पाउन गाह्रो हुन्छ । त्यसैले विद्यार्थीका अभिभावकहरूले कम्तीमा एक वर्षसम्म खर्चको व्यवस्थापन गरिदिनुपर्ने हुन्छ ।
म अभिभावकहरूलाई सल्लाह दिन्छु, विद्यार्थीलाई ऋण काढेर विदेश नपठाउनुस्, किनकि पैसा नतिरिकन पठाउन सकिने देशहरू पनि छन् । जस्तै जर्मन, फीनल्याण्ड, स्वीडेन, अष्ट्रिया, अस्ट्रेलियामै पनि फुल स्कलरसीप पाइन्छ । अभिभावकले आफ्नो पकेट र छोराछोरीको क्षमता हेरेर मात्र ABROAD STUDY मा पठाउनुहोला ताकि भोलि नसोचेको समस्या भोग्नु नपरोस् ।
हामीले काउन्सिलिङका लागि अभिभावक पनि अनिवार्य गरेका छौँ । यदि अभिभावक नआएको खण्डमा नयाँ प्रोसेस चालेका छौँ, Counselling @ Yours Home जसका लागि हाम्रा काउन्सलरहरु विद्यार्थीका घरघर जान्छन् र, काउन्सेलिङ गर्छन् ।
अन्त्यमा, काठमाडौँ इन्फोसिसले १२ वर्ष पार गरिसक्दा ABROAD STUDY मा जाने विद्यार्थी यहाँ किन आउने ?
काठमाडौँ इन्फोसिससँग १२ वर्षे इतिहास छ । यो अवधिमा काठमाडौँ इन्फोसिससँग करिअर काउन्सिलिङ गरेको मात्रै अनुभव छैन कि काउन्सिलिङका लागि चाहिने नलेज, सर्टिफिकेट, फर्मले क्वालिफिकेशनहरु पनि हामीले दिनानुदिन जोड्दै गइरहेका छौँ ।
जति पनि कलेज विश्वविद्यालयहरु हामी प्रमोट गर्दै छौँ, तिनीहरूको सेवा सुविधा नहेरिकन कुनै पनि विद्यार्थीलाई पठाएको रेकर्ड छैन ।
विद्यार्थीहरूलाई परामर्श दिन लोकेशनमै आएर Face To Face भेट्नुपर्छ भन्ने समस्यालाई टाढा राख्दै Tele Counselling, Counselling @ Yours Home Counselling Through The Social media, Counselling Through The Technology का लागि आधार निर्माण गर्दै छौँ ।
विद्यार्थीहरूलार्इ भैपरि आउने समस्याहरूसँग जुध्न र समाधान गर्नका लागि अस्ट्रेलियामा कार्यालय खोलेका छौँ । विद्यार्थीलाई समस्या आएको खण्डमा अस्ट्रेलियाकै अफिसबाट सहयोग लिन सक्छन् । नेपालमा हाम्रा १० वटा कार्यालयहरू रहेका छन् ।
हामी Wikipedia Listed First Consultancy हौँ । हामीसँग सबैभन्दा बढी सर्टिफाइड काउन्सलरहरु छन् । हामी विद्यार्थीलाई स्कीलसँगै जब पनि दिन्छौँ । सम्पूर्ण विद्यार्थीहरूलाई केआइइसीको यो नौलो सर्भिसको बारेमा यहाँ आएर बुझ्न र परामर्श लिन आग्रह गर्दछु ।
“








