कैलालीमा माछा उत्पादनका लागि १ सय ८० हेक्टर कृत्रिम जलाशय

“कैलाली, साउन ६ । माछा पालनको प्रचुर सम्भावना रहेको कैलालीमा व्यावसायिक माछा पालनका लागि जलाशय विस्तार भएकोे छ । माछामा परनिर्भरतालाई केहि कम गर्ने उद्देश्यका साथ गत आर्थिक वर्षमा २९ दशमलव ८ हेक्टर जलाशय विस्तार गरिएको छ ।

अब कैलालीमा माछा उत्पादनका लागि जम्मा १ सय ८० हेक्टर कृत्रिम जलाशय बनेको छ । चालु आर्थिक वर्षमा अधिकाङ्श ठाउँको जलाशयमा माछा पालन भएको र यहाँको उत्पादनले केहि हद्सम्म कैलालीमा माछाको मागलाई धान्ने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । गतवर्ष जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत २१ दशमलव ५ हेक्टर व्यावसायिक माछापालन जलाशय र चार हेक्टर माछा नर्सरी विस्तार भएको छ ।

यस्तै, व्यावसायिक मत्स्य उत्पादन विशेष कार्यक्रम अन्तर्गत २ दशमलव ३ हेक्टर जलाशय निर्माण भएको छ भने केन्द्रिय कार्यक्रम अन्तर्गत दुई हेक्टरमा दुई वटा नर्सरी र एक वटा ह्याचरी निर्माण भएको मत्स्य विकास अधिकृत रामकेश यादवले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा माछा ब्लक कार्यक्रम सञ्चालनमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *