तोकिएकै मितिमा निर्वाचन हुने प्रमुख निर्वाचन आयुक्त यादवको भनाइ

काठमाडौं, साउन ६ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेश नं. २ मा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले तेश्रो चरणअन्तर्गत प्रदेश नं– २ को ८ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्नुभयो ।

तेश्रो चरण अन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिदैं उहाँले मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ मा नै तेश्रो चरण अन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभयो । राष्ट्रिय जनता पार्टीले पनि चुनावमा सहभागी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *