आज सोमबार, यस्तो छ तपाईँको राशिफल

“
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिगतका गल्ति तथा कमि कमजोरिहरुलाई सच्याउँदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरवर्गहरुको इज्जत राख्न सकिने समय रहेको छ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पति हात लागि हुनेछ भने आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानि बढाउँदै आम्दानिमा बृद्धि गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
शुभ अंक — २
शुभ रंग — कफि
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ । आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । राजनितिमा जनताको समर्थन पाउन निकैनै मेहनेत गर्नु पर्नेछ ।
शुभ अंक — ३
शुभ रंग — खरानि
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेको छ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो, रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछ भने स परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनाले अध्ययन अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुनेछ ।
शुभ अंक — ६
शुभ रंग — हरियो
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आत्मिय मित्र तथा साभिभाईहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबित बिश्वासको बाताबरण बढ्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ ।
शुभ अंक — ४
शुभ रंग — खरानि
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मान,सम्मान तथा इज्जत प्रतिष्ठामा आँच आउन सक्छ काम गर्दा सावधानी अपनाउनु होला । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाढिनेछन् । पति पत्नि बिच मनमुटाब बढ्नेछ । राजनिति तथा समाज सेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानसिक तनाब बढ्नेछ । बिहानको समयमा बिदेश यात्राको गतिलो योग रहेको छ ।
शुभ अंक — ६
शुभ रंग — रातो
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाइमा सुधार हुने तथा नतिजा आफुतिरै ल्याउन सकिनेछ । मध्यान्हबाट स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।
शुभ अंक — ६
शुभ रंग — निलो
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुनेछ । बिशेष गरि हाईड्रो पावर,पानि तथा औषधि सँग सम्बन्धित व्यायसायबाट प्रशस्त लाभ लिन सकिने छ । बिद्यामा सोचेअनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण झन कसिलो भएर जानेछ ।
शुभ अंक — ७
शुभ रंग — सेतो
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरिमा बुढुवा हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ पछि सम्म आम्दानि भईरहने व्यावसायमा लगानि गरि रोजगारिको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेको छ भने अन्य साथिहरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेको छ ।
शुभ अंक — ५
शुभ रंग — कफि
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ कार्य आरभ्भ गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुँनाले शरिरका थप उर्जा पैदा हुँनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहेनेछ । धर्म कर्ममा समय दिन सकिने हुँनाले मन शान्त रहनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा घर परिवारका मानिस सँग विवाद हुन सक्छ ध्यान दिनुहोला ।
शुभ अंक — ६
शुभ रंग — पहेलो
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानि हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा सँग सम्बन्धित कार्यहरु हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवस्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला ।
शुभ अंक — २
शुभ रंग — हरियो
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे नाफा कमाउन सकिने तथा थप लगानि गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । सवारि साधन तथा भौतिक सम्पति हात लागि हुनेछ भने बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिने छ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ ।
शुभ अंक — ३
शुभ रंग — सेतो
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । बिहानको समय मध्ययम रहेकोले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु भन्दा पछि परिने सम्भावना रहेको छ ।
शुभ अंक — ३
शुभ रंग — पहेलो
“








