खेलाडीको ज्यानै लिने एउटा आत्मघाती गोल

एजेन्सी । रुसमा जारी विश्वकप फुटवल प्रतियोगिताको महासंग्रामको चौथो दिन आइपुग्दा दुई टीमले आत्मघाती गोल गरे । हिजो सम्पन्न क्रोएसिया र नाइजेरियाका खेलमा क्रोएसियाले उपहार गोल पायो । खेलमा नाइजेरियाका इटेबोले आत्महाती गोल गरे ।

इरान र मोरक्को विचको खेलपनि आत्मघाती गोलकै कारण इरानको पक्षमा गयो । मोरक्कोका अजिज बौहादौजले इन्जुरी समयमा आत्मघाती गोल गरे ।

विश्वकप प्रतियोगिता होस् वा लिग खेल, कुनैपनि खेलाडीले आत्मघाती बलको सामना गर्नुपर्दाको पिडा असैह्य हुन्छ । राष्ट्रले गरेको अपेक्षामा तुषारापात, समर्थकको दवावले कहिले काँही खेलाडीले जिवन नै तहस नहस समेत हुन्छ । त्यो मात्र हैन, आत्मघाती गोलकै कारण कसैको मृत्यू समेत हुनसक्छ भन्ने उदाहरण छ । यस्तै उदाहरणमा यो घटना पर्दछ ।

आत्मघाती गोलको पुरस्कार मृत्यु

घट्ना आजभन्दा २४ बर्ष पहिलेको हो, जब कोलम्बियाका फुटबल खेलाडी आन्द्रे एस्कोबारले १९९४ को विश्वकप खेलमा एक आत्मघाती गोलको मुल्यमा आफनो ज्यान गुमाउनु परेको थियो ।

२२ जून १९९४ मा कोलम्बिया र अमेरिकाबीच भैरहेको महत्वपूर्ण खेलमा कोलम्बियाली फुटबल टिमले १–२ को हार सामना गर्नुपर्यो । यस खेलको क्रममा कोलम्बियाको तर्फबाट डिफेन्डर आन्द्रे एस्कोबारले एक आत्मघाती गोल गरेका थिए ।

हार ब्यहोरेको कोलम्बियाको टिम यो खेलसंगै विश्वकपबाट बाहिरिएको थियो । विश्वकपमा हार ब्यहोरेको कोलम्बिया घर फर्किएको ठिक दश दिनपछि यो घट्ना घट्न पुगेको थियो ।

२ जूलाई १९९४ मा आन्द्रे एस्कोबार उनको शहर मेडिलिनमा एक पब बाहिर उभिएको समयमा उनीमाथि गोली प्रहार भएको थियो । नाइट क्लबको बाहिर कार पार्किङ गर्ने ठाउँमा तीन जनाको समुहमा रहेको अज्ञात समुहले उनीमाथि अन्धाधुन्ध गोली चलाउँदा उनको मृत्यु भएको थियो ।

बिहान ३ बजेको समयमा भएको यस घटनामा उनको शरिरमा बाह्र राउन्ड गोली प्रहार भएको थियो । जुन घटनालाई उनले गरेको आत्मघाती गोलको परिणामको रुपमा हेरिन्छ ।

आन्द्रेमाथि गोली चलाउनुभन्दा पहिले हमलाकारीले ‘आत्माघाती गोलको लागि धन्यबाद’ भन्दै गोली चलाएका थिए । आक्रमणकारीले गोली चलाईरहँदा आन्द्रेले गोल गोल भन्दै कराएका थिए ।

घट्ना लगतै आन्द्रेलाई अस्पताल लगिएपनि उनलाई बचाउन सकिएन । उनको शबयात्रामा करिब १,२०,००० मलामीको सहभागीता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *