‘छक्का पञ्जा २’ गीत सार्वजनिक (भिडियोसहित)

साउन ६, काठमाडौं  । बहुप्रतिक्षित सिनेमा ‘छक्का पञ्जा २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा समावेश ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीत शुक्रबार युट्युब च्यानल हाइलाइट्स नेपाल र रेडियो अडियोले एकसाथ सार्वजनिक गरेका हुन् ।अल्मोडा राना उप्रेती र सुजाता बर्माको आवाज रहेको यो गीतमा केदार घिमिरे, जितु नेपाल, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाल र वर्षा राउतलाई फिचरिङ गरिएको छ । प्रिन्स र दीपकराज गिरीका शब्दमा अल्मोडा राना उप्रेती र प्रिन्सले संगीत भरेका छन् । गीत रिलिज भएसँगै सिनेमामा जितु नेपाल र वर्षा राउत, स्वरुप पुरुष ढकाल र स्वस्तीमा खड्का एकअर्काका कोस्टार भएको अनुमान लगाउन सकिन्छ ।

कुमारी हलमा विशेष कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले गीत सार्वजनिक गर्नुका साथै ‘छक्का पञ्जा’ छायांकन स्थल पनौती १० सलिमटारलाई एम्बुलेन्स पनि हस्तान्तरण गरेको छ ।

‘छक्का पञ्जा’ सफल भएसँगै  निर्माण  टिमले सिनेमाको छायाकंन भएको स्थान पनौती १० सलिमटारको लागि एम्बुलेन्स हस्तान्तरण गर्ने वचन दिएको थियो । त्यो वचन ‘छक्का पञ्जा २’ को गीत सार्वजनिक गर्ने  क्रममा पूरा गरेको छ । काभ्रेको केन्द्रविन्दु पनौती १० सलिमटारमा रहेको उर्गेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स वितरण गरिएको हो । जहाँ छक्का पञ्जाको छायाकंनको लागि निर्माण टोली एक महिना बसेको थियो ।

गत वर्ष कीर्तिमान कायम गर्ने सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’ असोज ११ गते फूलपातीको दिन पारेर रिलिज हुँदैछ । सिनेमामा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौड्याल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।

भिडियो

https://www.youtube.com/watch?v=aQ4_2w-0z8Y”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *