राष्ट्रपति भण्डारीको आह्वानमा संघीय संसद्को संयुक्त बैठक आज बस्दै

काठमाडौं,  असार ३ । संघीय संसद्को संयुक्त बैठक आज बस्दै छ । संयुक्त कार्यसञ्चालन नियमावली पारित गर्न बैठक बोलाइएको हो ।

नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुँदा भने राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक बसेको थियो । संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आजका लागि आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दुवै सदनको बैठक आज दिउँसो ४ बजे बस्नेछ । त्यही बेला संयुक्त बैठकको जानकारी दिइने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपीशर्मा ओलीले चीन भ्रमणका विषयमा जानकारी गराउनुहुनेछ ।

प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन बजेटमाथि भने छलफल जारी छ । ऋाज महिला, बालबालिकातथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =