अब दाङमा पनि हर्न बजाउन नपाइने

नेपालगन्ज साउन ६ । काठमाडौँ र पोखरा पछि अब दाङ्गको तुलसीपुर उपमहानगरपालीकामा पनि हर्न निषेध गरिएको छ । विगत लामो समयदेखि तुलसीपुर बजारमा पार्किङदेखी अन्य धेरै समस्या हुँदै आएकोमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले यही साउन ११ गते देखी तुलसीपुर बजारका हर्न निषेध गर्ने निर्णय गरेका छन् ।

अहिले शहरीकरणको रूपमा विकास हुँदै गएको तुलसीपुर बजारलाई ब्यबस्थीति गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निकै मेहनत गर्नुपर्ने छ । दिनहुँ बढदै गएको सवारी साधानको चाप,मालवाहक ठुला तथा साना साधान तथा यात्रुहरुको चापलाई आवतजावत गर्न र ट्राफिक व्यवस्थापनमा समस्या देखिएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्रकुमार शाहको भनाई छ । तर पहिलो काम भनेकै बजार भित्रको ट्राफिक व्यवस्थापन रहेको उनको भनाई छ । साना तथा ठुला सवारी र मालबाहक साधन मनपरी पार्किङ गर्दा बजार अव्यवस्थित बन्नुका साथै दुर्घटनाको जोखिम बढेको हुँदा त्यो व्यवस्थित गर्ने आफूहरूले निर्णय गरेको शाहले बताए ।

बजार क्षेत्रमा बिहानको अफिस समयमा हुने सवारी आवागनको चापलाई थप व्यवस्थित गर्न बजार क्षेत्रमा हुँदै आएको मालवहाक गाडी लोड अनलोडका लागि निश्चित समय निर्धारण गर्ने तयारी भएको वडा अध्यक्ष शाहले जानकारी दिएका थिए । यही साउन ११ गतेदेखि लागु हुने गरी बिहान नौं बजेदेखि ११ बजे सम्म कुनै पनि मालवहाक गाडी लोडअनलोडमा रोक लगाइएको अध्यक्ष शाहले जानकारी दिए । शान्त र सुुन्दर सहरको रूपमा विकास गर्न ध्वनी न्यूनिकरण अर्को महत्त्वपूर्ण कार्यभएको शाहको छ । साउन ११ गतेदेखि लागु हुनेगरी तुलसीपुर बजारलाई हर्न निषेधित क्षेत्र लागु गरिने वडा अध्यक्ष शाहले बताए ।

त्यस्तै तुलसीपुरको क लाइनमा व्यापार गर्दै आएका पदम प्रसाद अधिकारीले गाडिहरुको हर्नले मानिसीक भौतिक रूपमा असर परेको बताउनु भयो । जथाभावि हर्न बजाउदै हिड्नेलाई रोक्नु पर्ने बताए । त्यसै गरी अब्यवस्थित पाकिङ, छाडा चौपाएहरुलाई समेत व्यवस्थित गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *