मन्त्री बास्कोटाको चौतर्फी आलोचना, बास्कोटालाई हटाएर भट्टराईलाई संचारमन्त्री बनाउने तयारी

काठमाडौं,असार २ । प्रेस स्वतन्त्रताको धज्जी उडाउने संचार मन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाको चौतर्फी आलोचना भएको छ । बास्कोटाको चौतर्फी व्यापक आलोचना भएपछि प्रधानमन्त्री तथा नेकपाका शिर्ष नेताहरुको पनि ध्यानाकर्षण भएको छ।

संचार क्षेत्रको विकाश, रचनात्मक र प्रभाबकारी काम गर्न नसक्ने र बिवादास्पद काम गर्ने जो कोहिको विकल्प सोच्न सकिने प्रधानमन्त्री के पी ओली निकट स्रोतले बताएको छ ।

सञ्चारमन्त्री गोकुल बास्कोटाको दबाबमा नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राति प्रशारण हुँदै आएको ‘सिधा प्रश्‍न ’ कार्यक्रम बन्द गराइएको घटनाले नेपाली पत्रकारिता क्षेत्रमा प्रेस स्वतन्त्रताको धज्जी उडाएको छ।

‘सिधा प्रश्‍न ’ कार्यक्रमको शनिबारको अंकमा सञ्चालक राजु थापाले मन्त्री बास्कोटासँग अन्तर्वार्ता गरेका थिए। अन्तर्वार्ताका क्रममा मन्त्री बास्कोटाको सम्पत्तिबारे सोधिएको प्रश्नका कारण मन्त्री बास्कोटाले दबाब दिँदै कार्यक्रम बन्द गराइएको थापाको भनाई छ ।

कार्यक्रममा थापाले मन्त्री बास्कोटालाई दाइजोबाट प्राप्त गरेको सम्पतिबारे , कम्युनिष्ट भएर पनि किन दाइजो लिएको भन्दै मन्त्रीलाई प्रश्न तेस्र्याएका थिए।

१२ वर्षदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको कार्यक्रम मन्त्रीको निर्देशनमा बन्द भएपछि यसको पक्ष र विपक्षमा सामाजिक सञ्जाल तातेको छ।

यद्यपी बचाउ गर्नको लागि नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले नेपाल टेलिभिजनले मन्त्रीको निर्देशनमा नभई नियमित प्रक्रियाबाटै कार्यक्रम बन्द भएको दाबी गरेता पनि लामो समयदेखी लागातर चलिरहेको कार्यक्रम एक्कासी बन्द गरिँदा जनतामा आशंका उब्जिएको छ । मन्त्रीको प्रेसमाथिको यस्तो हस्तक्षेपकारी कार्यको चारैतिर आलोचना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =