गृहमन्त्री जर्नादन शर्मा फायर–‘मुख्य सचिवज्यू ! के कारणले उनी आएनन् ?’

काठमाडौं, साउन ६ । अघिल्लो सरकारमा छँदा लोकप्रिय भइसकेका गृहमन्त्री जनार्दन शर्माको मानसम्मान झन् बढ्दो छ । केही दिन अघि टोल फ्रि नम्बरमा गुनासो राख्न टेलिफोनको व्यवस्था गरिसकेको उनले तीन महिनाभित्र हरेक गाउँपालिकामा टेलिफोन सेवा पुगेन भने जे पनि हुनससक्ने ठाडो आदेश दिएका छन् । यो राम्रो पक्ष पनि हो ।

शुक्रबार केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकमा राज्यको टेलिकमलाई तीन महिनाभित्र हरेक गाउँपालिकामा पुरर्याएर सञ्चार क्षेत्रमा सुधार ल्याउनुपर्ने बताउँदै उनले भने,‘यो योजना कुनैपनि खण्डमा क्यान्सिल भयो भने जे पनि गर्न सकिन्छ । यस्तो र उस्तो भयो अनि किन्न सकिएन भन्ने कुरा मान्य हुँदैन ।’

‘अब यो काम तीन महिनाभित्र सकिनुपर्छ । यदि तपाईहरुलाई यससम्बन्धि विधिहरु बताइदिनुपर्छ भने भन्नुस् । म बताइदिउला ।’ स्थानीय तह बलियो भएको भन्दै उनले गाउँपालिकाहरुमा टेलिफोन सुविधा पुर्‍याउन मुख्य सचिव मार्फत सञ्चार सचिवलाई निर्देशन दिन आदेश समेत दिए ।

बैठकमा बाल्ने क्रममा मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव र सुरक्षा नियकाका प्रमुख देखे तर अर्थ मन्त्रालयका सचिव अनुउपस्थित भएपछि फायर हुँदै प्रश्न गरे । अर्थ सचिव किन र के कारण आएनन् ? मुख्य सचिवज्यू । त्यसपछि राजेन्द्र किशोर क्षेत्रीले केही बोल्न सकेनन् । अकमकिए । तर गृहमन्त्री शर्माले जवाफ मागिनैरहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *