भारतकाे श्रीनरमा वरिष्ठ पत्रकारकाे गाेली हानी हत्या !

काठमाडौं, असार १ । जम्‍मू-कश्मीरको राजधानी श्रीनरमा अज्ञात समूहले एक वरिष्ठ पत्रकारकाे गाेली हानी हत्या गरेकाे छ । राइजिङ कश्‍मीरका सम्पादक वरिष्ठ पत्रकार सुजात बुखारीको बिहीबार साँझ गोली हानी हत्‍या भएकाे हाे ।

श्रीनगरका प्रहरी अधिकारीका अनुसार ४८ वर्षीय बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरस्थित आफ्नो अफिस प्रेस इनक्लेवबाट निस्किएर रमजानको अन्तिम ब्रतको पार्टीमा जाँदै गर्दा उनीमाथि अाक्रमण भएकाे हाे ।

भारतीय सञ्चार माध्यमहरूले जम्‍मू-कश्‍मीरका डीजीपी एसपी वैदलार्इ उद्धृत गर्दै लेखेका छन्, ‘मोटरसाइकलमा सवार हमलाकारीले साँझ करीब ७: १५ बजे बुखारीमाथि आक्रमण गरेका हुन् ।’

हमलामा बुखारीसँगै रहेका उनका सुरक्षा गार्डको पनि मृत्‍यु भएको छ भने एकजना घाइते भएका छन्। सुजातको हत्‍याप्रति जम्मू-कश्मीरकी मुख्‍यमन्त्री महबुबा मुफ़्तीले शोक व्‍यक्त गरेकी छिन् ।

उनले ट्विटरमा भनेकी छिन्, ‘सुजात बुखारीको हत्‍या गरिनु आतंकवादको जघन्‍य अपराध हो । त्‍यो पनि इदको ठीक पहिले यो आक्रमण गरिएको छ । हामी त्‍यो मानिसहरूविरुद्ध एकजुट हुनु आवश्‍यक छ । किनकी उनीहरू शान्तिलाई भंग गर्न चाहन्छन् ।’

यसअघि सुजात बुखारीमाथि सन् २००० मा पनि आक्रमणको प्रयास भएको थियो । साेही अाक्रमणपछि उनलार्इ प्रहरीले सुरक्षा दिन थालेकाे थियाे ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *