विश्वकप फुटवलः अायाेजक रूसकाे उत्कृष्ठ शुरूवात, साउदी अरेबिया स्तब्ध

जेठ ३१, काठमाडाैं । विश्वकप फुटवलकाे उद्घाटन खेलमा अायाेजक रूस विजयी भएकाे छ । एशियाली देश साउदी अरेबियालार्इ ५–० गाेल अन्तरले पराजित गर्दै अायाेजक राष्ट्रले उत्कृष्ठ सुरूवात गरेकाे हाे ।

भर्खरै सम्पन्न खेलकाे सुरूवाती १२ अाैं मिनेटमा पहिलाे गाेल गरेकाे थियाे । रूसका लागि पहिलाे गाेल मिडफिल्डर युरि गाजेंस्कीले उत्कृष्ठ हेड मार्फत गरेका थिए । त्यसपछि खेलकाे ४३ अाैं मिनेटमा डेनिस चेरिशेभले गोल गर्दै रुसको अग्रता दोब्बर पारेका थिए ।

खेलमा साउदी अरेबियालार्इ निक्कै नै दवावमा राखेकाे रूसले दाेस्राे हापकाे ७१ अाैं मिनेटमा पुनः १ गाेल गर्न सफल भयाे । रूसका अर्टेम डिजुवाले डि बक्स भित्र हेड मार्फत गाेल गरेका थिए ।

खेलकाे ९१ अाै मिनेटमा रूसका चेयरसिभले डि वक्स बाहिरबाट उत्कृष्ठ गाेल गरे । भने, खेलकाे  इन्जुरी टाइममा पाएकाे फ्रि किकमा ग्लाेविनले उत्कृष्ठ गाेल गर्दै खेल टुङ्ग्याए ।

यस अघिकाे विश्‍वकप फुटबलको उद्‌घाटन रुसको राजधानी मस्कोस्थित राष्ट्रिय रंगशाला लुज्निकमा भव्‍यताका साथ भएकाे थियाे । उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, सहितका विश्वभरका उच्च पदस्थ पदाधिकारीको सहभागिता रहेको थियो।

उद्घाटनमा समारोहमा बेलायती पप गायक रोबी विलियम्‍स र ओपेरा स्टार आइदा गारीफुलिनाले सांगितिक प्रस्तुति दिएका थिए । उद्घाटन समाराेहमा नृत्यकर्मी, जिम्न्यास्टिक खेलाडीले रुसको मौलिकता झल्कने सांस्कृतिक प्रस्तुतिमा दिएका थिए ।

प्रतियोगितामा ३२ राष्ट्र सहभागी सहभागी छन्। मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुजनिकी र स्पार्टक छन् भने अन्य १० सहरमा १–१ रंगशाला छन् ।

ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन प्रबल दाबेदारका रूपमा रहेका छन् । अर्जेन्टिना, इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल त्यसपछिका सूचीमा देखिएका छन् ।

२१ औं संस्करणको विश्वकप इतिहासकै सबैभन्दा महँगो फुटबल प्रतियोगिता  हो । प्रतियोगिता आयोजनामा रुसले १२ देखि १४ अर्ब खर्च गर्ने जनाएको थियो । विश्वकपमा सहभागी हुने टिमले कम्तीमा ८० लाख डलर पाउने छन् ।

प्रि–क्वाटर फाइनल पुग्ने राष्ट्रले १ करोड २० लाख डलर, क्वाटर फाइनल पुग्नेले १ करोड ६० लाख डलर, चौथो हुनेले २ करोड २० लाख डलर, तेस्रो हुनेले २ करोड ४० लाख डलर, उपविजेताले २ करोड ८० लाख र विजेताले ३ करोड ८० लाख डलर पाउने छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *