‘कुटुमा कुटु’ भन्दा कम छैन ‘उम्लियो भने पोखिन्छ’ (भिडियोसहित)

काठमाडौँ, जेठ ३१ । चर्चित नायिका स्वस्तिमा खड्काले नृत्य गरेको उम्लियो भने पोखिन्छ बोलको गीत भिडियो सार्वजनिक भएको छ ।

चलचित्र ‘कुटुमा कुटु’ बोलको गीतबाट चर्चित बनेकी नायिका खड्काले अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘जय भोले’को ‘उम्लियो भने पोखिन्छ’ बोलको गीतमा स्वस्तिमाको नृत्य निकै नै राम्रो छ ।

राजनराज सिवाकोटीको स्वर, शब्द र संगीत रहेको यो गीतमा मेलिना राइको पनि आवाज छ । यो गीतको भिडियोमा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल, वुद्दि तामाङ, राजाराम पौडेल लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको यो गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । यो बर्षको दशैंको फूलपातिबाट रिलिज हुन लागेको हो ।

https://youtu.be/4uSOwH-sjfo”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =