भारत अधिनस्थ काश्मिरमा आतङ्ककारीबीच गोली हानाहान, दुइको मृत्यु
२०७४ जेठ १५ गते

“
काश्मिर, जेठ ३१ । भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ ।
सरकार अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् । श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दिपोरा जिल्लाको पाना जङ्गलमा दोहोरो गोली हानाहान भएको सरकारी स्रोतले जानकारी दिएको छ ।
जङ्गलमा भएको यस दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी र एक सैनिकको मृत्यु भएको कर्नेल राजेस कालियाले जानकारी दिएका छन् ।
सो इलाकामा आतङ्ककारीहरुको खोजी कार्य जारी भइरहेको थियो । उक्त क्षेत्रमा विगत लामो समयदेखि उनीहरुले आतङ्क मच्चाइरहेका छन् ।
गत आइतबार पनि कुप्वाला जिल्लाको तल्लो इलाकामा भारतीय सेनाको कारबाहीमा परी कम्तीमा छ आतङ्ककारी मारिएका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








