डलरको लोभमा पर्दा ५५ लाख स्वाहा !

मकालु खबर संवाददाता

लमही,साउन ६ । अमेरिकी डरलको लोभमा परेर लाखौँ रुपैयाँ ठगीएको घटनाले यति बेला लमही तताएको छ । सार्वजनिक क्षेत्रमा देखिएका र चर्चित परिवारको सदस्यनै यसरी ठगीएपछी सबैले चासोको रूपमा लिएका छन् ।

देउखुरी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सनम कुमार पौडेलकी श्रीमती सुजाता केसी पौडेल १.७ मिलियन डलर(१७ करोड ५० लाख नेपाली रुपैयाँ) को लोभमा पर्दा लाखौँ रकम गुमाउन पुगेको रहस्य बाहिर आएको हो । लमही नगरपालिका वडा नं.५ कि सुजाता केसी पौडेलले अमेरिकाबाट आएको भनिएको १.७ मिलियन डलरको लोभमा परेर ५५ लाख ८५ हजार रुपियाँ गुमाउन पुगेको प्रहरीले जनाएको छ ।

तर, केसीले यतीधेरै रकम लक्ष्मी विकास बैङ्क र आईएमी मार्फत वुझाउदा सम्म परिवारका कुनै पनि सदस्यलाई जानकारी नभएको केसीका श्रीमान् सनम पौडेलले जानकारी दिए। ‘चुनाव पछि यस विषयमा लमहीका एक जना भाईवाट जानकारी पाएँ, त्यसपछि सकां लागेर सिधै काठमाण्डौं आएर उजुरी दिएका हौँ, प्रहरीले ठगी कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिसकेको छ’ पौडेलले जानकरी दिँदै भने , ‘प्रहरीले कारबाही अघि वढाईसकेको छ, म अहिले काठमाण्डौंमै छु ।’

सुजाताले यती धेरै रकम कहाँवाट जुटाउनु भयो र?  यसको उत्तर खोज्दा लमही बजारका व्यापारी, वित्तीय सङ्घ संस्थाबाट ऋण काडेको पत्ता लागेको छ । १५ दिन भित्र ५५ लाख ८५ हजार रकम बैङ्क तथा आईएमी मार्फत वुझाएको वुझीएको छ । ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले ललितपुर जिल्ला निवासी पुरन घर्ती मगर भन्ने सुमन लामा, मकवानपुर जिल्ला हेटौँडा ६ घर भई हाल लाजिम्पाट बस्ने रवि थोकर र ललितपुरको धोवीघाट बस्ने दिनेश बस्नेतलाई पक्राउ गरेको छ ।

यो तीन जनाको समूहले बेलायती नागरिक भएको भनेर सुजाता केसी पौडेलसँग एक वर्षदेखि ‘फेसबुक’ र ‘ह्वाट्स एप’बाट सम्पर्कमा रहँदै आएका थिए । कुराकानी हुँदै गर्दा तीन जनाको समूहले केही दिन पश्चात् भारतीय मोबाइलबाट सुजाता केसी पौडेललाई फोन गरी ‘तिम्रो नाममा बैङ्क अफ अमेरिकाको दिल्ली शाखाबाट १।७ मिलियन डलर पठाएको छु, भारतीय नियम अनुसार कर तिर्नु पर्ने भयो’ भनेर ठुलो रकम माग गरेको थियो ।

उनीहरूले जगदीश आचार्य तथा पुरन घर्तीमगरको खाताबाट र रामकुमार शेर्पा, सञ्जीव महर्जन समेतको नामबाट आईएमईमार्फत पैसा पठाउन सकिने भन्दै सुजाता केसी पौडेललाई विश्वासमा लिएको थियो । त्यसपछि सुजाता केसी पौडेलले ५५ लाख ८५ हजार रकम आईएमई गरेर पठाएको प्रहरी भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *