अवधि पत्रकार संघको बधाई कार्यक्रममा मेयर छुटेपछि…..

नेपालगन्ज, साउन ६ । अवधि पत्रकार संघ नेपालले आज स्थानिय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा भेटघाट कार्यक्रम गरि स्वागत गरेको छ ।

अवधि पत्रकार संघ नेपालद्वारा आयोजित बधाई तथा भेटघाट कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा स्वागत गरिएको हो । स्थानिय तहमा संचार समावेशी सवाल भन्ने नाराका साथ सुरु भएको बधाई तथा भेटघाट कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका पुर्व मेयर विजय कुमार गुप्ताले गरेका थिए ।

बधाई तथा भेटघाट कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित उपमेयर उमा थापामगर, डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्र चौधरी, उपप्रमुख साहिदा वानो, जानकी गाउँपालिकाका प्रमुख राम निवास यादव, भण्डारीलाल यादव लगायत नगरका वडा अध्यक्षहरुलाई बधाई तथा सम्मान गरिएको थियो ।

अवधि पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा मध्यपश्चिमाञ्चल क्षेत्रिय संयोजक झलक गैरे, नेपालगन्ज उद्योग वाणिज्य  संघका अध्यक्ष नन्दलाल बैश्य, महासचिव अजय कुमार टण्डन, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष निरज गौतम, साहिन्यकार सचेतनन्द चौवे लगायतले बोल्नुभएको कार्यक्रमको स्वागत मन्तव्य अवधि पत्रकार संघ नेपालका उपाध्यक्ष विनयराज त्रिपाठीले गरेको कार्यक्रमको संचालन महासचिव गुरुमुरत यादवले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *