अध्यक्ष कमल थापासँग भण्डारीले एक एक गरि हिसाब किताब खोज्न थाले

काठमाडौं, साउन ६ । ओरालो लाग्दा मृगले पनि लखेट्छ भन्ने उक्ति यहीँ रहेछ । राप्रपा अध्यक्ष कमल थापामाथि झन् झन् अनेक समस्याहरु आइपर्दै गएका छन् । तत्कालीन राप्रपा नेपालका कोषाध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य दिलविकास राजभण्डारीले अध्यक्ष कमल थापासँग एक एक हिसाब किताब खोज्न थालेका छन् ।

भण्डारीले पार्टी केन्द्रीय कार्यालय बनाउँदा २ करोड ५९ लाख खर्च गरेको तर अहिलेसम्म ३० लाख रुपैयाँमात्र हातमा परेको बताउँदै आफूले पार्टीका निम्ति जिउँज्यान दिदापनि उपलब्धिमूलक काम नभएको स्पष्ट पारे ।

बिहीबार केन्द्रीय कार्यसमितिको बैठकका क्रममा उनले भने ‘ पार्टी अध्यक्षज्यूकै सल्लाहअनुसार केन्द्रीय कार्यालयको ६५०० वर्गफिटमा बनाएका हौँ । यसका लागि महालक्ष्मी फाइनान्सबाट ऋण लियौँ तर सो ऋणको साँवा र व्याज आफैले तिर्दै आएको छु । उनले भने ।

केन्द्रीय कार्यलय स्थापनामा कोठा डेकोरेसनका लागि तेइस लाख आल्मुनियम पार्टेशन लागेको जनाइएको छ । यसरी पार्टी कार्यलय निर्माण गदौ आफूले अनेक कष्टहरु खेपेको र पार्टी निर्माणका लागि थुप्रै आर्थिक रकम खर्चेको छु, उनले भने‘तर हालसम्म ३० लाख मात्रै पाएको छु ।’

त्यस्तै, राप्रपा नेता देवेन्द्र प्रधानले भण्डारीले आफूले गरेको रकमको हिसाब किताब नखोजेर पार्टीलाई पार्टी निर्माणका बेला झेलिएका समस्याहरु स्मरण गराएको बताए । ‘उहाँले त्यस्तो कुनै हिसाब किताब खोज्नुभएको होइन । अहिलेसम्म जग्गाको नामसारीसमेत भएको छैन । पार्टी स्थापनाका संघर्षहरुबारे स्मरण गराउनुभएको हो ।’

यता,आज शुक्रबार बानेश्वरको अनमोल क्याटरिङमा पार्टीको बैंठक  बस्दैछ । त्यो बैंठकमा अध्यक्ष थापाले यसबारेमा पनि मुख खोल्ने भएका छन् । नेता प्रधानका अनुसार आज अध्यक्ष थापाले निर्वाचनसँगै यसबारेमा सबै जानकारी गराउँने भएका छन् । नेता प्रधानले भण्डारीले त्यस्तो कुनै हिसाब किताब नखोजेको बताउँदै आपत्ति जनाए ।

कार्यक्रममा भण्डारीले पार्टीका लागि लाखौँ चन्दा सहयोग मात्र नगरेर पार्टीमा चढ्ने संगठनका नेताहरुका निम्तिलाखौ रकम बराबरको गाडी किनेको समेत बताएका थिए । आफू हिन्दू चिन्तनबाट एक कदम पछि नहटेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *