चीनले २ नाकामा पुल बनाईदिने

काठमाडौँ, जेठ २८ । चीनले नेपाल जोड्ने दुइ प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाईदिने भएको छ ।

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाईदिने चिनियाँ प्रस्ताव आईतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो ।

प्रधानमन्त्री ओली असार पहिलो साता चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।

भ्रमण तिथि भने तय भईसकेको छैन । तातोपानी र रसुवागढी दुवै स्थानमा पुराना पुल भत्काएर नयाँ निर्माण गरिदिने प्रस्ताव चीनले स्वकार गरेको खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =