निगमका ट्यांकरलाई अलग्गै लाइन
२०७४ जेठ १५ गते

“पर्सा, जेठ २७ । वीरगन्जको सीमापारि भारतीय आईसीपीमा नेपाली ट्यांकरलाई डेडिकेटेड लाइन (छुट्टै सवारी लाइन) दिन भारतीय पक्ष सहमत भएको छ । आजको कान्तिपुरमा खबर छ ।
सातायता भारतको रक्सौलमा इन्धन बोक्ने नेपाली ट्यांकरका चालकमाथि भइरहेको कुटपिट र दुव्र्यवहारको घटना र त्यसले सिर्जित गरेको समस्याको समाधान गर्न रक्सौल आईसीपीमा शुक्रबार सम्पन्न सरोकारवालाहरुको दुईदेशीय बैठकमा भारतीय पक्षले यस्तो सहमति जनाएको हो ।
भारतीय राजमार्ग हुँदै बरौनीबाट इन्धन बोकेर आएका नेपाल आयल निगमका ट्यांकर चालकहरुलाई रक्सौल आईसीपीतर्फ प्रवेश गर्ने क्रममा लक्ष्मीपुरमा भारतीय प्रहरीले कुट्ने, कागजात र पैसा खोस्नेजस्ता घटना नियमित हुन थालेपछि त्यसको दीर्घकालिन समाधान गर्न उक्त बैठक गरिएको थियो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








