सिंह बाहिनी भगवती मंदिरको सप्ताह पुराणबाट उठेको आयव्यय सार्वजानिक

“
धरान,जेठ २६ । सुनसरीको धरान-१० मा रहेको श्री सिंह बाहिनी भगवती मंदिरको ५० औँ वर्षगाठ स्वर्ण महोत्सवको अवसरमा लगाईएको सप्ताह महाज्ञान पुराणको आयव्यय सार्वजनिक गरिएको छ ।
सिंह बाहिनी मन्दिर परिसरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि मंदिर व्यवस्थापन समितीले आय व्यय सार्वजनिक गरेको हो ।
समितीले पुराणबाट ३९ लाख ६२ हजार ३ सय ८१ रुपैैंया उठेको र ८ लाख ९५ हजार २ सय ४९ रुपैयाँ खर्च भएको र बचतको रुपमा ३० लाख ६७ हजार १ सय ३२ रुपैयाँको आयव्यय सार्वजानीक गरेको छ ।
कार्यक्रममा समितीका अध्यक्ष केशब अधिकारीले मंदिरमा लगाईएको पुराणबाट सोचेको भन्दा राम्रो रकम उठेपनि भवन निर्माणमा अपुग नै रहेको बताउँदै थप दाताहरुको खोजीसंगै मंदिरको आफनै गौशाला, तथा मुल गेट छेउको भवन निर्माणमा खर्च गरिने जानकारी दिए ।
साथै सो पुराणबाट उठेको रकम पारदर्शी तरिकाले राष्ट्रिय बाणिज्य बैंकमा संस्थाको खाता खोली राखिएको र भविष्यमा मंदिरको विकास निर्माणमा नै खर्च गरिने अधिकारीले जानकारी दिएका छन् ।
देउसी टोलीका संयोजक नारदमणि नेपालको सभापतित्वमा भएको कार्यक्रममा उर्लाबारी वडा नम्बर ५ की महिला सदस्य देबीकला राई,सिद्धेश्वर बाबा धाम उर्लाबारीका उपाध्यक्ष भक्तिप्रसाद पोखरेल,महारुद्र शिवालय मन्दिरका भजन किर्तन मण्डली अध्यक्ष सिताराम तिम्सिना लगायतको उपस्थीत रहेको थियो ।
देउसीको समापनको अवसरमा कलाकारहरुले नृत्य प्रस्तुत गरेर कार्यक्रम आकर्षक बनाएका थिए ।
“








