नेपालले टस जित्यो, सिंगापुरविरुद्ध पहिले ब्याटिङमा

काठमाडौं, साउन ६ । आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको चौथो खेलमा नेपालले घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।  बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा हुने चौथो खेलमा नेपालले सिंगापुरविरुद्ध पहिले ब्याटिङ सुरू गर्दैछ । नेपाली कप्तान सन्दिप लामिछानेले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय नेपाली टोलीले गरेको हो । नेपालले यसअघिका तीनै खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो ।

नेपाल सिंगापुरलाई पराजित गर्दै न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राख्न चाहन्छ । उमेर समूहमा नेपाल अहिलेसम्म सिंगापुरसँग पराजित भएको छ । सिंगापुरबिरुद्ध पछिल्लो ५ भेटमा नेपालले सबै खेल जितेको छ । जारी छनोटको पहिलो खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेट पराजित गरेको थियो ।

तर, बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानसँग १४१ रनको पराजयले नेपालको विश्वकप छनोट सम्भावनालाई ठुलो धक्का भने लागेको  छ । अब नेपाललाई विश्वकपको यात्रा तय गर्न सिंगापुरविरुद्ध र बाकीँ दुईखेल नै जित्नुपर्ने हुन्छ । त्यसबाहेक अन्य टोलीको खेलको नतिजाले समेत भर पर्नु पर्ने हुन्छ । छनोटमा नेपाल तीन खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान तीन खेलमा ६ अंक जोडेर लिगको शिर्ष स्थानमा छ ।

डबल राउण्ड रोबिनका आधारमा ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोटबाट एक टोलिले विश्वकप यात्रा तय गर्ने छ । छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ । नेपालले गत वर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।

नेपालको सुरुवाती ११ः
सन्दिप लामिछाने (कप्तान)
दिपेन्द्र सिंह ऐरी
अनिल कुमार साह
किशोर महतो
पवन शर्राफ,
प्रनित थापा मगर
साहब आलम
ललित नारायण राजवंशी
सन्दिप सुनार
रोहित कुमार पौडेल
प्रकाश केसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *