टाउकोमा मात्रै होइन पेटमा पनि हुन्छ माइग्रेन

काठमाडाैं, जेठ २६ । ‘माइग्रेन’ टाउकोमा हुन्छ भन्ने सबैलाई थाहा छ । तर, पेटमा पनि माइग्रेन हुन्छ भने कमैलाई थाहा होला । पेटमा हुने माइग्रेनलाई एब्डोमिनल माइग्रेन भनिन्छ । यसले पेट बेस्सरी दुख्ने, बटारिने, थकाइ लाग्ने र बान्ता आउने चिकित्सकले बताएका छन् ।

आमाबुवालाई माइग्रेन छ भने बच्चाहरूलाई यो समस्या हुने सम्भावना अधिक हुन्छ । पेटको माइग्रेन सामान्यतया आनुवंशिक हुन्छ र साना बच्चालाई यसले सताउँछ ।

बाल्यकालमा एब्डोमिनल माइग्रेनको समस्या भएकाहरूलाई टाउकोको माइग्रेन हुने सम्भावना बढ्छ । चिकित्सकहरूका अनुसार शरीरमा बन्ने दुई कम्पाउन्डहरू हिस्टामाइन र सेरोटोनिन यो पीडाका लागि जिम्मेवार हुन्छन् ।

एब्डोमिनल माइग्रेनको सही कारण पत्ता लाग्न सकेको छैन । चाउचाउमा प्रयोग हुने मोनोसोडियम ग्लूटामेट वा एमएसजी, प्रोसेस गरिएको मासु र चकलेटको अत्यधिक सेवनले शरीरमा यी हिस्टामाइन र सेरोटोनिन कम्पाउन्ड बनाउँछ ।

यसको लक्षणको रुपमा पेटमा चर्को पीडा, पेट पहेंलो देखि थाल्नु, दिनभरि थकान र सुस्तता, भोक कम लाग्ने र खान पिउन मन नलाग्ने र आँखामुनि कालो घेरा देखापर्ने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =