सुन तस्करीका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा प्रहरीको छापा

काठमाडौ, जेठ २५ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानी एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।

शुक्रबार प्रकरणको अनुसन्धान गर्न गठिन विशेष अनुसन्धान समितिले उनको घरमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका अग्रवाललार्इ छानबिन समितिले उनलार्इ नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

यसअघि प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले गृह मन्त्रालयका सह सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको समित समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका थिए ।

प्रहरीले अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =