दाङमा भएको बस दुर्घटनामा एककाे मृत्यु, ३१ घाईते

दाङ, जेठ २५ । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङ देउखुरीमा आज बिहान भएको बस दुर्घटनामा परि एक भारतिय बालकको मृत्यु भएको छ ।

घटनामा ३१ जना घाइते भएका छन् ।घाईते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । मृत्युहुनेमा भारत उत्तर प्रदेश लखिनपुरका ५ वर्षका बालक मुरली मोहमद रहेका वडा प्रहरी कार्यालय लमहीमा प्रहरी निरक्षक अरुण कुमार सिंहले जानकारी दिनुभयो ।

घाईते सबैको लमही अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि कोहलपुर र नेपालगञ्ज रिफर गरिएको छ । जनकपुरबाट नेपालगन्जका लागि छुटेको ना ५ ख १८२९ न को यात्रुबाहक बस आज बिहान करीब साढे ६ बजे राप्ती गाउँपालिका वडा न ५ को पहरुवामा दुर्घटना भएको हो । बस तिब्रगतिमा रहेको र चालक निदाएकोले बस सडकबाट खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =