म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले दियो सफाइ

काठमाडौँ, जेठ २४ । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका सागर थापासहित ६ जनालाई विशेष अदालतले बिहिबार सफाइको फैसला सुनाएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो ।

फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहित पक्राउ परेका खेलाडीविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । तर, मुद्दा चलिरहेका बेला फिफाले उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको थियो ।

पक्राउ परेका अञ्जन केसी र रितेश थापाले ५ लाख, सागरले १ लाख ५० हजार र अन्यले ५० हजार धरौटी तिरेर २४ कात्तिकमा सबै छुटेका थिए । फिक्सिङको आरोपमा फुटवल खेलाडीहरु सन्दीप राई, विकास सिंह क्षेत्री पनि पक्राउ परेका थिए ।

नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर हारेको भेटिएको भन्दै प्रहरी पक्राउ गरेको थियो । उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *